• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एनसेलबारे गैरजिम्मेवार र भ्रामक प्रचार गरिएको भन्दै स्वतन्त्र ट्रेड युनियनले निकाल्यो विज्ञप्ति

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २६, मंगलवार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,मंसिर २६/एनसेलको ८० प्रतिशत स्वामित्व वहन गर्ने रेनोल्डस् होल्डिङो शेयर खरिद बिक्री प्रक्रिया सम्बन्धी विषयमा चौतर्फी रुपमा भईरहेको एनसेल लक्षित गैरजिम्मेवार र भ्रामक प्रचार-प्रसारप्रति स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    युनियनका अध्यक्ष सुरेश प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा, विगत १८ वर्षदेखि अनवरत रुपमा नेपाल र आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रवाह गर्दै आएको यस कम्पनीको प्रतिष्ठामा ठुलो आँच पुर्याउनुका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल गिराएको छ । जनमानसलाई भ्रममा पार्ने गरी भइ रहेका गतिविधी र समाचार प्रचारप्रसारले देशमा लगानीको वातावरणलाई खलल पुर्याउने निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको भन्दै सो प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

    “स्पेक्ट्रलाइट यूकेले अप्रत्यक्ष रुपमा रेनोल्डस् होल्डिङमार्फत एनसेलको स्वामित्व लिए पश्चात पनि यस कम्पनीले सम्पूर्ण कर्मचारीहरु लगायत राज्यको हितको लागि कार्य गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं र यस ट्रेड युनियन पनि सदा भैौ व्यवस्थापनसँग सुमधुर सम्बन्ध स्थापित गर्दै आम नेपालीलाई गुणस्तरीय सेवामार्फत जोडि राख्न प्रतिवद्ध रहेको कुरा जानकारी गराउँदछौं,” विज्ञप्तिमा भनिएको छ।

    सेयर खरिद बिक्रीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि विधानमा रहेर काम गरेको र सेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक नपारेको भन्दै युनियनले एनसेललाई नेपालकै अग्रणी दूरसञ्चार सेवा कम्पनी बनाउन अहोरात्र खटिने कर्मचारीहरुलाई हतोत्साही बनाउने खालको गलत अफवाह कही कतैबाट नफैलाउन पनि यसै विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।साभार नयाँपुस्ता

    यस्तो छ युनियनको विज्ञप्ति

    Post Views: 240
    प्रकाशित मिति: २०८० मंसिर २६, मंगलवार २१:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.