• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मोरङमा खुल्यो एक अर्ब लगानीमा उद्योग

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २४, आईतवार २१:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विराटनगर, मंसिर २४ गते / नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्ब रुपैयाँको लगानीमा  उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्न  उद्योग सञ्चालनमा ल्याएको हो ।

    Gulariya mela

    नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत दाना उत्पादन थालेको छ । गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै पहिलोपटक प्रयोग भएको कम्पनीका प्रोडक्सन प्रमुख डम्बर आलेले जानकारी दिए ।

    दाना उत्पादनमा उत्कृष्ट मेसिनका रूपमा परिचित भेन आर्सनले गुणस्तरीय दाना उत्पादन गर्ने उनको भनाइ छ । पूर्ण रूपमा स्वचालित मेसिनद्वारा उत्पादन हुने हुँदा गुणस्तरमा सधैँभरि एकरूपता कायम हुने आलेले जनाए ।

    ‘पहिले पेलेट दाना बनेपछि तेल मिक्स गर्ने गरिन्थ्यो, त्यसो गर्दा दाना नरम हुने र धुलोको मात्रा बढी हुने समस्याले गर्दा चल्लाले खान सक्थेन,’ उनले भने, ‘यो मेसिनले ओइल स्प्रे दाना उत्पादन गर्छ, जुन कडा हुन्छ र धुलो हुँदैन, जसले गर्दा दाना खेर जाने समस्या हुँदैन । जसकारण पशुपन्छीले सहजै सबै खान्छन् र त्यसमा भएको पोषक तत्व लिन्छन् ।’

    Ban

    गुणस्तरीय दाना उत्पादनका अलावा ‘प्लाटिस्टक लेमिनेटेड’ बोरामा ‘प्याकेजिङ’ गर्ने भएकाले दानाले वायुमण्डलको ‘मोस्चराइजर’ तान्ने सम्भावना कम हुने हुँदा यसको आयु अरूतिरको भन्दा राम्रो हुनेगरेको उनको दाबी छ ।

    अत्याधुनिक प्रविधिबाट उत्पादित पेलेट दानाको मूल्य प्रतिस्पर्धी देखिए पनि दाना खपत कम हुने र उत्पादकत्व बढी हुने भएकाले समग्रमा किसानहरूलाई अरूको तुलनामा बढी नाफामूलक हुने कम्पनीका राष्ट्रिय बिक्री संयोजक डाक्टर जितेन्द्र लामाले बताए ।

    ‘मुलुककै सर्वाधिक धेरै दाना उत्पादन क्षमता भएको कम्पनी भएकाले किसानहरूलाई चाहिएको समय र स्थानमा सहज रूपमा दाना उपलब्ध हुन्छ,’ उनले भने, ‘बजारको माग परिपूर्ति गर्नेगरी हामीले नयाँ उद्योगमार्फत् उत्पादन थालेका हौं । किसानलाई गुणस्तरीय दाना उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो ।’

    अहिले सो उद्योगबाट कुखुरा, सुँगुर–बङ्गुर, गाई–भैंसी र माछाका लागि मौसम र स्वादअनुकूलको ४२ प्रकारका पेलेट दाना उत्पादन हुने गरेको छ । हाल प्रतिदिन १६ घण्टा सञ्चालन हुने उद्योगबाट प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन गरिँदै आएको छ । निकट भविष्यमै बाख्राका लागि पनि दाना उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

    विजय पेलेट दानाको विराटनगर शाखाका बजार व्यवस्थापन प्रमुख कुमार पौडेलले भारतीय सुपरब्रिड मकैलगायत विदेशबाट निर्यातित उच्चस्तरीय कच्चा पदार्थबाट उत्कृष्ट प्रविधिमार्फत् उत्पादित उत्कृष्ट दानाको माग बजारमा आकर्षक रहेको जनाए । मोरङको झोराहाटमा बाहेक नेपाल वेलहोपका चितवनको भरतपुर–५ मा र बाँकेको कोहलपुर–१४ पनि उद्योग रहेका कारण विजय पेलेट दाना देशभरि नै उपलब्ध रहेको उनको भनाइ छ ।

    उच्चस्तरीय प्रविधिको प्रयोग गर्दा कम्पनीको उत्पादन लागत बढ्ने भए पनि किसानलाई सहुलियत दरमा उच्च गुणस्तरीय दाना बिक्री गरिरहेको कम्पनीका लेखा शाखा प्रमुख विशाल दवाडीले जानकारी दिए ।

    साढे तीन बिघा क्षेत्रफलमा फैलिएको झोराहाटस्थित उद्योगमा सय जनाभन्दा बढीले रोजगारी पाएका छन्, त्यसमा स्थानीयसमेत छन् । वातावरणीय प्रदूषण न्यूनीकरण गर्न उद्योगले चिम्नीमा ‘मेकानिकल डस्ट कलेक्टर’ प्रयोग गरेको छ, जसले गर्दा धुलो बाहिर जाँदैन र त्यस क्षेत्रआसपास प्रदूषण नहुने उद्योगका प्राविधिकहरूको भनाइ छ ।

    उद्योगले दाना उत्पादनका अलावा किसानको हितका लागि पशुपन्छी पालनसम्बन्धी तालिम दिन प्राविधिक सुबिधा उपलब्ध पनि गराउने गरेको छ । किसानको फार्म निरीक्षणका लागि प्राविधिकको टोली पठाउने र किसानलाई आवश्यकताअनुसारको परामर्श सेवा उपलब्ध गराउने काम पनि कम्पनीले गरिरहेको छ ।

    त्यसबाहेक कम्पनीको आफ्नै अत्याधुनिक ल्याब भएकोले कच्चा पदार्थ र उत्पादनको नियमित परीक्षण–प्रशोधन गरेरमात्र बजारीकरण हुने गरेको छ । साभार रातोपाटी

    Post Views: 269
    प्रकाशित मिति: २०८० मंसिर २४, आईतवार २१:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.