• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यू–१९ विश्वकपको राम्रो तयारी हुनसक्छ एसिया कप

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २१, बिहीबार २०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २१ / यू–१९ एसिया कपमा नेपालले भोलि शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ । दुबईको आईसीसी एकेडेमी ग्राउण्ड २ मा हुुने यो खेल नेपाली समयअनुसार विहान ११ः१५ मा सुरु हुनेछ । सन् २००२ को विश्वकपमा भएको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो, त्यसयता भएको सबै खेल पाकिस्तानले जितेको छ । पछिल्लो पटक २०१६ को विश्वकपमा भएको भेटमा पाकिस्तान १२२ रनले विजयी भएको थियो ।

    समूह ए मा परेको नेपालले पाकिस्तानपछि अफगानिस्तान र भारतसँग खेल्नेछ । तीनवटै टेष्ट मान्यता प्राप्त देश भएकाले एसिया कपलाई नेपालले जित हार भन्दा बढी अनुभव हासिल गर्ने र विश्वकपको तयारीका रुपमा लिइएको छ । ‘विश्वकप खेल्न जानुअघि हामीले टेष्ट राष्ट्रसँग खेल्ने मौका पाएका छौं’ मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्, ‘यो हाम्रो क्षमता परीक्षणको राम्रो मौका हो ।’ नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा पुगेको छ, जुन प्रतियोगिता १३ जनवरीबाट सुरु हुनेछ ।

    नेपालले पहिलो पटक सन् २००० मा यू–१९ विश्वकप खेलेको थियो भने २००६ मा यो प्रतियोगिताको प्लेट च्याम्पियन भएको थियो । उमेर समूहमा नेपालले भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेशजस्ता टेस्ट मान्यता पाएका देशका टोलीलाई हराइसकेको छ । तर सन् २०१६ पछि भने विश्वकपको छनोट चरण नै पार गर्न सकेको थिएन ।

    एसिया कप भने सन् २०१२ यता ७ पटक खेलिसकेको छ । सन् २०१७ मा समूह चरणमा २ खेल जित्दै सेमिफाइनल प्रवेश गरेको थियो । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले भारतलाई १९ रनले हराएको थियो । यो नै यू–१९ एसिया कपमा नेपालले अहिलेसम्म हासिल गरेको ठूलो उपलब्धी हो । पछिल्लो पटक २०२२ मा भने नेपालले समूह चरणका तीनवटै खेल हारेको थियो । यो पटक नेपालले भारत र पाकिस्तान मध्ये एक टिमलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ । दुबई जानुअघि यू–१९ कप्तान देव खनालले भनेका थिए, ‘टेष्ट राष्ट्रलाई हराएर सेमिफाइनल पुग्ने हाम्रो कोशिस रहन्छ ।’

    फेब्रुअरी–मार्चमा भएको विश्वकप छनोटमा ५ मा ५ खेल जितेको नेपालले एसिया कपको छनोट (यू–१९ प्रिमियर कप)मा पनि खेलेको सबै ५ वटै खेल जितेको थियो । दुबै प्रतियोगितामा शतप्रतिशत (१० खेल) जितेको नेपाली टोलीको आत्मविश्वास बलियो छ । साथै सिनियर टिमबाट टेष्ट राष्ट्रहरुविरुद्ध खेलिसकेका गुल्सन झाको उपस्थितिले टिम अझ सन्तुलित बनेको छ ।

    क्रिकेट प्रशिक्षक राजु बस्न्यात नेपाली क्रिकेट एसियाको इमर्जिङ पावर भएकाले यू–१९ टिमले पनि एसिया कपमा भारत र पाकिस्तान मध्ये एकलाई हराउनुपर्ने बताउँछन् । ‘हामीले अफगानिस्तानलाई त हराउनुपर्छ नै, भारत र पाकिस्तानमध्ये एक टिमलाई हराएर सेमिफाइनलमा पुग्न सक्नुपर्छ’ उनले  भने, ‘यो नै यू–१९ विश्वकपका लागि राम्रो तयारी हुनेछ ।’

    पूर्वकप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का पनि यो प्रतियोगिता यू–१९ वल्र्डकपका लागि तयारी र अनुभवका हिसाबले महत्वपूर्ण हुने बताउँछन् ।

    नेपालको खेल तालिका र समय

    डिसेम्बर ८ (मंसिर २२) : नेपाल भर्सेस पाकिस्तान
    डिसेम्बर १० (मंसिर २४) : नेपाल भर्सेस अफगानस्तान
    डिसेम्बर १२ (मंसिर २६) : नेपाल भर्सेस भारत
    स्थान र समय : नेपालको सबै खेल आईसीसी एकेडेमी ओभल २ मा हुनेछ । खेल नेपाली समयानुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।साभार अनलाइनखबर

    Post Views: 224
    प्रकाशित मिति: २०८० मंसिर २१, बिहीबार २०:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.