• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हिंसाको चपेटामा दलित महिला र बालिका

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १९, मंगलवार २१:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर १९ / दलित महिला र बालिकाहरु हिंसाको चपेटामा परेको र न्यायमा पहुँच नभएको आम सरोकारवालाहरुले बताएका छन । अझैपनि दलित समुदायका महिला तथा बालबालिकाहरुले हिंसाको सिकार भइरहेको भन्दै न्यायको पहुँचमा समेत ढिलाई हुने गरेको बताइएको छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा : दलित महिला संघ (फेडो) ले  दलित महिला र बालिका माथि भएका हिंसाको अध्ययन प्रतिवेदन सार्वजनिकिकरण गर्ने कार्यक्रमका सहभागीले यस्तो धारणा सार्वजनिक गरेका हुन ।

    नेपालको संविधानले हरेक समुदायको हक अधिकार तथा न्यायका लागी विभिन्न आयोग एवं नितिगत व्यवस्था गरिएको छ । हिंसा पिडितलाई कानुनी बाटोमा ल्याई हरेक हिंसा प्रभावितलाई न्यायको पहुँचमा ल्याउनु पर्ने बार एशोसिएसन बर्दियाका अध्यक्ष एवम् अधिवक्ता कमल पाण्डेले आग्रह गर्नु भयो ।  लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालमा दलित महिला र बालिका माथि हुने हिंसाको अवस्था अध्ययन प्रतिवेदन दलीत महिला संघ (फेडो) बर्दियाकी अध्यक्ष हेमा सुनारले सार्वजनीक गर्नु भएको छ ।

    विभिन्न कालखण्डमा दलित महिला तथा बालबालिका माथी भएका दमन तथा अन्याय विरुद्ध न्यायालयमा पुग्दा अझै कतिपयले न्याय नपाएको बताउनु भयो । दलित समुदाय माथी भएका जुनसुकै हिंसा तथा विभेद बारे न्यायालयले अवश्य न्याय दिलाउने विश्वास व्यक्तगर्दै अध्यक्ष सुनारले प्रहरीको तथ्यांक अनुसार आ.ब. ०७९/८० मा २० हजार ७ सय २ जना महिलाहरू हिंसामा परेको जसमध्ये २ हजार ५ सय ३५ जना दलित महिलाहरू हिंसामा परेको तथ्यांक सार्वजनिक गर्नु भयो । समाजमा सवैले समान र सम्मान रूपले बाच्न पाउनु पर्ने अधिकारको सुनिश्चितता भएता पनि २१ औं शताब्दीमा यस्ता हिंसा एवं विभेदका घटना हुनु दुःखद भएको सुनारको भनाई थियो ।

    जिल्लामा गत २ बर्षमा जातिय बिभेदको मुद्वा दर्ताको संख्या शून्य रहेको छ । समाजमा सरोकारवाला निकाय आ–अआफनो स्थानमा संबेदाश्लि भएमा यस्ता घटना न्यूनिकरणमा मद्दत गर्नुपर्ने गुलरिया नगरपालिकाकी नगरउप्रमुख सावित्रा गौतमले बताउनु भयो । दलित महिला माथि हुने हिंसाको दलित समुदायले मात्र होइन गैरदलित समुदाय लगायत सवै मिलेर प्रतिकार गर्नु पर्ने गौतमले जोड दिनु भयो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जिल्लामा चालु आ.व.मा ६१ वटा मुद्धा मध्ये जबरजस्ति करणी १९, जबरजस्ती करणी उद्योग ६, बहुविवाह ३, बालविवाह १, कर्तब्य ज्यान ४, आत्महत्या २२ आत्महत्या दुरुत्साहन १ बाल यौनदुव्र्यवहार २ र अभद्र व्यवहारको १ वटा मुद्धा दर्ता भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बर्दियाकी प्रहरी सहायक निरिक्षक सरस्वती पौडेलले जानकारी गराउनु भयो ।साभार चुरेकुञ्ज

    Post Views: 152
    प्रकाशित मिति: २०८० मंसिर १९, मंगलवार २१:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.