• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वर्षासँगै हिउँदयाम सुरु

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १९, मंगलवार ०७:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर १९ गते / नेपालमा यो वर्षको हिउँदे वर्षासँगै हिउँद याम सुरु भएको छ । आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजिन श्रेष्ठले उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । सो हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको बताउनुभयो । 

    अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । मधेश र तराई भेगमा हुस्सु कुहिरोसँगै शीतलहर सुरु भएको महाशाखाले जनाएको छ । मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायु बढी सक्रिय रहेको नेपालको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि नै हल्का वर्षा भइरहेको छ । सोमबारदेखि त्यो फैलँदै बागमती प्रदेश हुँदै पूर्वतिर सर्ने क्रम सुरु भएको छ । उहाँले यी भेगका हिमाल र पहाडी भेगमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

    उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ । उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । मौसमविद् श्रेष्ठले गण्डकीको चिसोको असर बागमती प्रदेश र आसपासका अन्य प्रदेशमा पर्न गएको बताउनुभएको छ ।

    जोमसोममा माइनस ५.५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । देशका अन्य भूभागमा पनि न्यूनतम तापक्रममा गिरावट हुने क्रम जारी छ । काठमाडौँमा ७.० डिग्री सेल्सियसबाट तल झर्दाे क्रममा रहेको छ । जुम्लामा ३.० डिग्री सेल्सियस, ओखलढुङ्गामा ८.० डिग्री सेल्सियसबाट तल झर्ने क्रममा रहेको छ । तराई–मधेशका भूभाग विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रमा १३ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम झरेको छ ।

    उहाँले भन्नुभयो, “मङ्गलबारदेखि तापक्रममा अझ गिरावट आउने छ । त्यसैले एक्कासिको मौसम परिवर्तनबाट जोगिन सरोकारवाला निकायले सचेतना फैलाउन जरुरी छ ।”

    यो वर्ष विगतका वर्षभन्दा छिटो चिसो बढेको हो । पहिलो वर्षासँगै हिमपात भएकाले चिसो बढेको महाशाखाले जनाएको छ । पूर्वी भेगमा भने मौसम बदली देखिए पनि वर्षाको सम्भावना कम छ । पूर्वी भेगको मधेश र कोशी प्रदेशमा भारतको बङ्गालको खाडीमा बनेको चक्रवातका कारण थप बदली बढेर चिसो बनाउने सम्भावना छ तर वर्षा नै गराइहाल्ने अवस्था चक्रवातले गराउने छैन । भारतकै उत्तराखण्ड क्षेत्रमा निर्मित न्यूनचापीय क्षेत्रको असरले नेपालमा हिउँदे वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साभार गोरखापत्र

    Post Views: 176
    प्रकाशित मिति: २०८० मंसिर १९, मंगलवार ०७:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.