• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

किन महासमिति बैठक चाहँदैनन् देउवा ?

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १८, सोमबार ०८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुपर्‍थ्यो। तर यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन। राजनीतिमा जसको नीति उसकै नेतृत्व भनिन्छ। कांग्रेसले विधानको व्यवस्थाविपरीत नीति महाधिवेशन पछि गर्ने भन्दै महाधिवेशनबाट नेतृत्व मात्र चयन गरेको थियो।

    महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमितिबाट कांग्रेसले नयाँ नीति तथा कार्यक्रम तय गर्ने परम्परा छ। पछिल्ला दिनमा पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन, ‘मनी तथा मसल’का आधारमा कांग्रेसमा ‘पोजिसन होल्ड’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। त्यसैले कांग्रेस नीति, कार्यक्रम र लक्ष्यविहीन जस्तै बन्न पुगेको छ। त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।

    कांग्रेसले यसअघि महासमिति बैठकका लागि पूर्वनिर्धारित मिति दुईचोटि सारेको छ। उसले पछिल्लो पटक पुस १६ गतेदेखि ललितपुरमा महासमिति बैठक गर्ने भनेको छ। तर तेस्रो पटक तोकिएको मितिमा पनि कांग्रेस महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताले नै आशंका गर्दै आएका छन्। त्यसका लागि पार्टीका पदाधिकारीले न्यूनतम तयारीसमेत नथालेकाले यस्तो आशंका उत्पन्न भएको हो।

    महासमिति बैठकमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन लेखनका लागि दुई महामन्त्रीलाई जिम्मेवारी दिइएको छ। कांग्रेसले दसैंअघि महाधिवेशनमा पेस गर्ने प्रस्तावबारे प्रारम्भिक छलफल गरे पनि त्यसपछि थप छलफल र तयारी गरेको देखिँदैन। उपसभापतिसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काको पहलमा महासमिति बैठकमा पेस गर्ने प्रतिवेदनका विषयमा छलफल भएको जानकारी दिँदै एक पदाधिकारीले भने, ‘त्यसपछि थप छलफल हुन सकेको छैन।’

    महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा समेटिने विषयमा महामन्त्रीद्वय र सभापतिको धारणा नै फरक देखिएको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा वर्तमान सत्ता गठबन्धनको विपक्षमा रहेको बताउँदै ती पदाधिकारीले भने, ‘तर सभापति शेरबहादुर देउवा यसै गठबन्धनको पक्षमा हुनुहुन्छ।’

    महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमा अहिलेको गठबन्धनलाई हेर्ने पार्टी धारणा नै फरकफरक हुँदा प्रतिवेदन लेखन कार्य अघि नबढेको स्रोतको दाबी छ। यसैबीच सभापति देउवाले संविधानमा रहेको धर्मनिरपेक्षताविपरीत हिन्दु राज्यका पक्षमा धारणा बाहिर ल्याएका छन्। केही दिनअघि नवलपरासी पूर्वको जिल्ला सम्मेलनमा जानेक्रममा देउवाले भरतपुर विमानस्थलमा हिन्दु राज्यका विषयमा विभिन्न पक्षसँग सल्लाह गर्न सकिने बताएका थिए। संघीय लोकतान्त्रिक गणतन्त्रका विषयमा पार्टीले कसैसँग पनि सम्झौता नगर्ने जनाउँदै देउवाले भनेका थिए, ‘विभिन्न धर्मावलम्बी हुनुहुन्छ, हिन्दु राज्य स्थापनाका विषयमा उहाँहरूसँग बसेर सल्लाह गर्न सकिन्छ।’

    देउवाको यो अभिव्यक्तिलाई लिएर कांग्रेस आफैं पक्ष र विपक्षमा विभाजित भएको छ।

    महासमिति बैठकमा यी विषय पनि उठ्ने भएकाले पार्टी एउटा निर्णयमा पुग्नुपर्ने हुन्छ। त्यसलाई टार्न पनि कांग्रेसले महासमिति बैठक फेरि पनि सार्ने तयारी गरिरहेको स्रोतको दाबी छ। ‘महासमिति बैठकबाट पार्टीले एउटा स्पस्ट धारणा बनाउनुपर्ने हो तर फेरि बैठक सार्नेगरी छलफल अघि बढेको छ, अहिलेसम्म कुनै तयारी पनि भएको छैन।’

    कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा भने महासमिति बैठकका लागि तयारी भइरहेको दाबी गर्छन्। डेढ दर्जन जिल्लामा महासमिति सदस्य चयन प्रक्रिया जारी रहेको जानकारी दिँदै उनले सहमहामन्त्री महेन्द्र यादवसहित मधेस प्रदेशका नेताहरूले जाडोको समयमा महासमिति राखेकोमा सभापति देउवासँग गुनासो गरेको बताए। सभापति देउवाले आफूले जाडोको समयमा गाह्रो हुन्छ कि भनेको हो तर पार्टीका अन्य नेताहरूको प्रस्तावअनुसार नै बैठक मिति तय भएको बताएका थिए। ‘यतिबेलासम्म महासमिति बैठक सर्ने निर्णय नभएकाले अब सर्दैन,’ विश्वकर्माले भने, ‘दुई पटक सरेकाले फेरि पनि सर्छ होला भन्ने लाग्नु अस्वाभाविक होइन तर महासमिति हुन्छ।’

    उनले कांग्रेस नेतृत्वमा जारी भएको वर्तमान संविधानको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताए। कांग्रेस एक जात, एक धर्म र एक वंशको पक्षमा नरहेको उनको भनाइ छ। साभार नागरिक

    Post Views: 319
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार ०८:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.