• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मनोमालिन्य हटाऊ, पार्टीलाई बलियो बनाऊ: सभापति देउवा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १६, शनिबार २०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल,मंसिर १६/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरु बिचको मनोमालिन्य हटाएर नेपाली कांग्रेसलाई बलियो बनाउनु पर्ने बताएका छन्। नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै देउवाले नेतृत्वलाई गाली गर्दैमा पार्टी बलियो नहुने भन्दै नेता कार्यकर्ता सबैले आपसी मनोमालिन्य हटाएर एकता कायम गर्नु पर्ने बताएका हुन।

    पार्टीलाई बलियो बनाउन र एकता कायम गर्न आफू मिलेर काम गर्न तयार रहेको संकेत गर्दै देउवाले कम बोले पनि काम बढी गर्न खोजिरहेको बताए। ‘हुन त म धेरै बोल्ने मान्छे होइन तपाईँहरूलाई थाहा छ, अहिले त झन् कम बोलेर काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ’ देउवाले भने। देउवाले घुमाउरो ढंगबाट गुटउपगुटले पार्टीलाइ कमजोर बनाएको स्वीकार गर्दै आपसी एकता कायम गरी पार्टीलाइ बलियो बनाउनु पर्नमा जोड दिए।

    झण्डै ४ घण्टा कार्यक्रममा बसेका देउवाले निकै छोटो सम्बोधन गर्दै बुद्धले बुद्धत्व प्राप्त गरेको स्थानबाट पार्टीमा एकता स्थापित गरी बलियो बनाउने विश्वास व्यक्त गरे। त्यसअघि कार्यक्रममा बोलेका प्रदेश सभापतीहरु र केन्द्रीय सदस्यहरुले गुटउपगुटले पार्टीलाइ कमजोर बनाएको र कांग्रेस कमजोर हुँदा संघीयता र संविधान नै धरापमा परेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए। नेताहरुको चर्को आलोचना सुनिसकेपछि देउवाले आफ्नो सम्बोधनमा नेतृत्वलाई गाली गर्दैमा नेता नभइने भन्दै काम गरेर देखाउन नेताहरूलाई आग्रह समेत गरेका थिए।

    केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसमा गुटले महामारीको रूप लिएको भन्दै नेतृत्वले आचरण सुधार गर्नु पर्ने बताएका थिए। भण्डारीले महामारी फैलिएको गुटकाविरुद्ध भ्याक्सिन लगाउनु पर्ने भनाइ राखेका थिए। त्यसपछि सभापति देउवाले भण्डारीलाई अव कुरा मात्रै नगर्न आग्रह गर्दै काम गरेर देखाउन चुनौती दिए। ‘चन्द्रजीले बडो राम्रो कुरा गर्नु भयो अव भाषण मात्रै गरेर भएन तपाइले काम पनि गर्नु पर्छ, अब तपाइको काम गर्ने बेला आएको छ’ देउवाले भने। सभापति देउवाले आफू हतारमा रहेको र प्लेन छुट्ने भन्दै वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अघि नै बोलेर हिँडेका थिए।साभार नागरिकन्युज

    Post Views: 225
    प्रकाशित मिति: २०८० मंसिर १६, शनिबार २०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.