• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १६, शनिबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर १६ घते / सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् । 

    बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए ।

    कोरोना महामारीपछि समान्य बनिरहेको पर्यटन क्षेत्रमा पर्यटनको बढ्दो आगमनले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्ने अपेक्षा गरिएको छ ।” कोरोना महामारीअघि सन् २०२० मा एक हजार ९५६ र २०१९ मा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल भित्रिएको उहाँले बताउनुभयो । डिसेम्बरमा पनि एक लाखको हाराहारीमा पर्यटन भित्रिने उहाँको दाबी छ । त्यस्तै विभिन्न सीमानाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत सुधार हुँदै आएकाले १० लाख पर्यटक भित्रिने उहाँको विश्वास छ ।

    बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट सात हजार ६०१, बेलायतबाट छ हजार १३८, अस्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२, बङ्गलादेशबाट तीन हजार ७६१, जर्मनीबाट तीन हजार ५१२, श्रीलङ्काबाट तीन हजार २२८ र फ्रान्सबाट तीन हजार २०५ पर्यटक नेपाल भित्रिएका छन् । साभार गोरखापत्र

    Post Views: 228
    प्रकाशित मिति: २०८० मंसिर १६, शनिबार ०८:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.