• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोप २८ मा गुटेरेशले नेपालको नाम लिँदा प्रधानमन्त्री दाहाल दङ्ग

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १५, शुक्रबार १९:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दुबई,मंसिर १५/दुबईमा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसङ्घका महासचिव एन्टिनिओ गुटेरेशले नेपालको नाम उल्लेख गर्दा सम्मेलनमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गरेका छन्। दुई साता लामो सम्मेलनको क्रममा शुक्रबार देखि सुरु भएको दुई दिने बल्र्ड क्याईमेट एक्सन समिटको उद्घाटन सत्रमा महासचिवले गुटेरेशले शुक्रवार भनेका थिए, ’केही दिन अघि मात्र म अन्टार्टिकाको पग्लीरहेका हिउँ माथि थिए। धेरै अघि होइन, म नेपालका पग्लीरहेका हिमनदीलाई साक्षात्कार गरेको थिए। यी दुई स्थान भूगोलका हिसाबले टाढा छन् तर समान संकटमा छन्।

    उद्घाटन सत्रमा महासचिवले वोलीरहदा सभा स्थलमा अगाडि रहेका प्रधानमन्त्री दाहालले त्यसपछि लगत्तै नेपाल पेभिलियनमा आफ्नो संक्षिप्त भनाइ राख्ने क्रममा महासचिवको भनाइप्रति खुसी व्यक्त गरेका हुन्। ‘आफ्नो उद्घाटन मन्तव्यमा महासचिव गुटेरेशले नेपाल र एन्टार्टिकाको चर्चा गरेका छन्,यो खुसीको कुरा हो,’ प्रधानमन्त्रीले भने।

    प्रधानमन्त्रीले सम्मेलनको क्रममा हुने द्विपक्षीय तथा बहुपक्षीय वार्ता तथा साइडलाइन बैठकमा गम्भीरताका साथ प्रस्तुत हुन सहभागीलाई निर्देशन दिएका छन्। ‘हाम्रा समस्या र  चुनौतीलाई राम्रोसँग राख्नुस्। हामीले यो सम्मेलनलाई अवसरको रुपमा लिनुपर्दछ। जलवायु न्यायलाई अधिकारको विषय बनाउनुपर्दछ’ प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्रीले उच्चस्तरीय सम्मेलनमा नेपालको चिन्ता र चासोलाई प्रष्ट रुपमा राख्ने बताए छन्। शनिवार अपराह्न उच्चस्तरीय सम्मेलनलाई दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।

    नेपाल पेभिलियनमा बोल्ने क्रममा प्रधानमन्त्रीले जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाली युवाले पहलकदमी लिनुपर्ने बताए। ‘हाम्रा युवा पनि कम छैनन् युवा लगायत सबै सरोकारवालले जलवायु न्यायको माग सशक्त रुपमा राख्न आवश्यक  छ,’ प्रधानमन्त्रीले भने।

    विश्वका विभिन्न नेताद्वारा सम्बोधन

    शुक्रवारदेखि सुरु भएको बल्र्ड क्याईमेट एक्सन समिटमा विश्वका विभिन्न देशका नेताहरु बढ्दो जलवायु सङ्कट सम्बोधन गर्न सहकार्यको आवश्यकता रहेको बताएका छन्। सम्मेलनमा सम्बोधन गर्दे बेलायतका राजा चाल्र्स तृतीयले जलवायु सङ्कट समाधानमा विश्व लिकबाहिर(अफट्रयाक) रहेको र जलवायु सङ्कट डरलाग्दो विन्दुतर्फ उन्मुख रहेको बताएका थिए। उनले भने, ‘पृथ्वीलाई हामी होइन, हामीलाई पृथ्वी आवश्यक छ।’

    सम्मेलनको सुरुमा संयुक्त राष्ट्र संघका महासचिवले विश्वका नेताको इमान्दारीपुर्ण प्रयास गरेमा दुर्घटनाबाट पृथ्वीलाई जोगाउन सकिने बताए। उनले विश्वव्यापी उत्सर्जनमा ८० प्रतिशत हिस्सा लिएका जी २० राष्ट्रले यो अभियानको नेतृत्व गर्नुपर्ने बताए। महासचिव गुटेरेशले सम्मेलनको पहिलो दिनमै हानी नोक्सानी कोषको सञ्चालनमा भएको घोषणालाई सकारात्मक सुरुवात भनेका छन्।

    ‘यो अजेण्डालाई अत्यन्त छिटो अनुमोदन गर्न सफल भएको कोप २८ अध्यक्षलाई बधाई दिन चाहन्छु,’ उनले भने। यसैबिच सम्मेलनको दोस्रो दिन विश्वका १३० नेताले ’कृषि, खाद्य तथा  जलवायु कार्य घोषणा’मा हस्ताक्षर गरेका छन्। यो घोषणालाई कार्यान्वयन गर्न  संयुक्त अरब इमिरेटस र विल एण्ड मेलिन्दा गेटस फाउन्डेशनले साढे दुई अर्ब अमेरिकी डलर उपलब्ध गराउने छन्। साभार नागरिकन्युज

    Post Views: 231
    प्रकाशित मिति: २०८० मंसिर १५, शुक्रबार १९:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.