• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिका–६ स्थित गिठेनालाको बाँकी काम तत्काल नगरे सम्बन्धित कार्यालय घेराउ गर्ने उपभोक्ताको चेतावनी

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १४, बिहीबार २०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर १४ (माउण्टेनसमाचार) / ठाकुरबाबा नगरपालिका–६ स्थित गिठेनाला सिँचाई आयोजनाको अलपत्र रहेको बाँकी काम तत्काल नगरे सम्बन्धित कार्यालय घेराउ गर्ने उपभोक्ताहरुले चेतावनी दिएका छन् । आयोजनाको बाँकी काम तत्काल नभए जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बर्दिया घेराउन गर्ने उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा बिहीबार निवेदन दिदै चेतावनी दिएका हुन् ।

     

    उक्त आयोजना कार्यान्वयका लागि ६ वर्ष पहिले सम्झौता भई ठेक्का भएको थियो । आयोजनाको जेभि कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीले समयमै काम सम्पन्न नगर्दा ठाकुरबाबा नगरपालिका–६ र ७ का किसान मारमा परेका छन् । आयोजना कार्यान्वयन नहुँदा यस वडाका किसानहरु आकासे पानीको साहारामा खेती गर्न बाध्य छन् । कम्पनीले गिठेनाला सिँचाई आयोजनाको काम समयमै सम्पन्न गरेको भए १ हजार बिगाह जमिनमा किसानहरु कम लागतमा सिँचाई गर्न सक्छन् ।

    आयोजनाको केही काम भई बाँकी काम अलपत्र रहेको छ उक्त ठेकेदारको चरम लापरवाही र सम्बन्धित जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयको उदासिनताका कारण काम हुन नसकेको उपभोक्ताले बताउँछन् । उपभोक्ताहरुले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा उल्टै थर्काएको गिठेनाला सिँचाई जल उपभोक्ता समिति ठाकुरबाबा नगरपालिका–६ का अध्यक्ष बल बहादुर थारुले बताए ।

    उक्त कम्पनीले स्थानीय व्यापारीबाट लिएको सामाग्रीहरुको, स्थानीय लेबर र मिस्त्रीहरुको करिब ५० लाख भुक्तानीसमेत नदिएको जनाईएको छ । बाँकी काम सम्पन्न गर्न र भुक्तानीको माग गर्दै उपभोक्ता समितिले बिहीबार जिल्ला प्रशासनमा निवेदन दिएको छ । यदि हाम्रो माग ७ दिन भित्र सम्बोधन नभएमा सम्बन्धित कार्यालय घेराउ गरि जनदवाव सृजना गर्ने निवेदनमा उल्लेख छ ।

    Post Views: 880
    प्रकाशित मिति: २०८० मंसिर १४, बिहीबार २०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.