बर्दिया,मंसिर १४ (माउण्टेनसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको जुत्ता चप्पल प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–६ स्थितबाट अबैध जुत्ता चप्पल प्रहरीले मंगलबार बरामद गरेको जनाएको हो ।

बरामद सामान भारतबाट अबैध रुपमा ल्याएको प्रहरीको दावी छ । मुल्य रु ६८ हजार ४ सय बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद अबैध सामान बुधबार राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।




