• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कहिले मुक्त होलान् विपिन जोशी ?

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ११, सोमबार २१:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर ११ / इजराइल-हमासको अस्थायी युद्धविरामसँगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी छ । हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ । तर यतिन्जेलसम्म पनि नेपाली युवा विपिन जोशी मुक्त भइसकेका छैनन् ।

    बीबीसीका अनुसार हमासले ४० जना महिला र बालबालिका मुक्त गरेको छ । इजिप्ट र हमाससँग भएको छुट्टै सहमतिअनुसार हमासले १७ थाई र एक फिलिपिनो नागरिक पनि बन्धकमुक्त गरेको छ । युद्धविराम भए पहिलो दिन शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ र दोस्रो दिन हमासले थप १७ जनालाई मुक्त गरेको थियो । हमासले आइतवारमात्रै १७ जना रिहाई गरेको थियो । इजरेलले पनि प्यालेस्टिनी बन्धकहरुलाई रिहा गरेको छ ।

    इजरेल र हमासले चार दिनका लागि युद्ध विराम गर्ने सहमती अनुसार भएको थियो । सहमतिमा दुवैतर्फबाट बन्धक बनाइएकाहरुको मुक्त गर्ने सहमति गरेका थिए । हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन ।

    गाजास्थित अल-शिफा अस्पतालमा रहेको एउटा भिडियोमा नेपाली पनि रहेको सूचना सार्वजनिक भएको थियो । त्यसमा देखिएका व्यक्ति नेपाली नागरिक नै भएको इजरेली सेनाले दाबी गरेको थियो । हमासले बन्धक बनाइएकाहरुलाई मुक्ति गरिरहँदा आइतवार विपिन पनि बन्धकमुक्त हुन सक्ने अपेक्षा थियो । तर आइतवार पनि उनी रिहा भएनन् । परराष्ट्र मन्त्रालयले विपिनको रिहाईबारे अहिलेसम्म कुनै कुरा पनि बाहिर नआएको बताउँछ ।

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हमासले बन्धक बनाएकाहरुलाई छोड्नेक्रम भइरहकाले जोशी पनि रिहा हुन सक्ने बताइन् । उनलाई छिटो भन्दा छिटो मुक्त गराउन इजराइलसँगै अन्य राष्ट्रहरुसँग पनि कूटनीतिक पहल जारी राखेको उनले बताइन् । ‘हाम्रो नागरिक बन्धक बनाइएका छन्, यसमा हामी गम्भिर छौं’ उनी भन्छिन्, ‘उनलाई रिहा गर्न हरेक खालका कुटनीतिक पहल गरिरहेका छौं । त्यसमा हामीले कुनै कसुर बाँकी राखेका छैनौं ।’ यसअघि नेपालले जोशीको रिहाइका लागि कतारसँग पनि आग्रह गरेको थियो ।

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।  कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।

    गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने एक सय २९ जना नागरिकलाई विदेशी नागरिकलाई बन्धक बनाएर राखेको थियो । गाजा क्षेत्रमा भएको आक्रमणमा इजराइलमा १,२०० जनाको ज्यान गएका थियो । इजरेलले गरेको हमलामा १४, ५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपिनको रिहाईका लागि दूतावासले उच्च तहसँगै प्रयास गरिरहेको बताइन् । ‘हाम्रो प्राथमिकता उहाँको रिहाईकै लागि भइरहेको छ, छिटै सुरक्षित भेट हुनेमा आशावादी छौं,’ उनले भनिन् । इजरायलबाट आएका प्रतिक्रियाहरु सकारात्मक रहेको उनले बताइन् ।साभार अनलाइनखबर

    Post Views: 158
    प्रकाशित मिति: २०८० मंसिर ११, सोमबार २१:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.