बर्दिया,मंसिर १०(माउण्टेनसमाचार) / लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ पशुपति बजार स्थितबाट दुवै जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गुलरिया नगरपालिका–११ का ४२ वर्षिय कलिम अहमद मनिहार र ३५ वर्षिय अयोध्या प्रसाद धोबीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ ।

भे ३ प ८३७१ नंम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको । प्रहरीले चेकजाँच गर्दा दुवै जनाको साथबाट १४ ग्राम ९ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई पक्राउ गर्न सफल भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




