• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मङ्सिर ९ गते लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको दिन

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० मंसिर १०, आईतवार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+
    1. गुलरिया नगरको तुलापुर गाउँ जहाँ मेरो पनि बसोबास छ,त्यहीँ स्थानीय भरत चन्दको निवासमा मुटु हल्लाउने गरी एउटा भीषण आगलागी भयो।सो आगलागीबाट एक महिला र तीन कलिला बालबालिकाको ज्यान गयो।त्यो दर्दनाक घटनाबाट सिङ्गो गुलरिया आहत थियो।म पनि स्तब्ध थिएँ ।दिन उदास बित्यो।साझ टहल्दै राधाकृष्ण चोक पुगेको थिएँ ।देखे,दिदीबहिनीहरु लैङ्गिक हिंसा बिरुद्धको यो दिवस मनाउन चोकमा एकत्रित हुँदै हुनुहुन्थ्यो ।म पनि सहभागी भए।

    लैङ्गिक हिंसाका सिकार सामान्यतया महिलाहरु नै हुने गर्छन् ।मानव सभ्यताको उषादेखि नै महिलाहरु उत्पीडनको सिकार हुँदै आएका छन् ।पूर्वीय सभ्यतामा नारीलाई पूजनीय मानिएको छ।जीवनकि प्रेरणा मानिएको छ।जीवनसङ्गिनीलाई अरधाङ्गिनी भनिएको छ। सैद्धान्तिक रूपमा हाम्रो सभ्यतामा नारीको स्थान अत्यन्तै उच्च छ।तर व्यवहारमा परापूर्व कालदेखि नै नारी उत्पीडित छिन् ।इन्द्र देवकी सची होउन् या रामकी सीता ,रावणकी मन्दोदरी होउन् या पाण्डवको द्रोपदी ती नारी भएकै कारण दुखी थिइन् ।अहिले पनि समाजमा असल देखिनका लागि नारीले आफ्ना असीम आकाङ्क्षाहरु जलाउनु पर्छ ,नभए जिउदै जल्न तयार हुनुपर्छ ।इतिहासमा सतीका रूपमा जिउदै जल्न विवश नारीहरु अहिले पनि कतै दाइजो त कतै कथित सत्चरित्रताको परीक्षा दिन जीउँदै जलिरहेका छन् ।यही परिवेशमा हामी आज पनि हिंसा विरुद्ध जन चेतना जगाइ रहेका छौ।मैनवत्ती जलाइरहेका छौँ ।

    डोमिनिकन गणतन्त्रका तीन साहसी दिदीबहिनीहरु पेटिया,मिनर्भा र मारिया जसले क्रुजिलो तानाशाही सत्ताका विरुद्ध विद्रोह गरे र मृत्यु स्वीकार गरे।नेपाली चेली योगमाया जसले राणा शासनमा समेत नारी अस्मिताको पक्षमा विद्रोह गरिन र जल समाधि लिइन् ,ती आदरणीय नारीहरुको सम्मानमा हामी श्रद्धा दीप प्रज्ज्वलित गर्दैछौं ।यो आफैमा सुन्दर कर्म हो।तर यतिमात्र प्रयाप्त छैन । आजको कार्यक्रममा म जो अभियन्ता दिदीबहिनीहरुलाई देखिरहेको छु,उहाँहरुको सुकर्मको मुक्तकण्ठले तारिफ गर्दछु ।मलाई लाग्छ हाम्रो समाज,राज्य र चिन्तन पद्धति अझै निष्ठुरी छ ।यसलाई नारी मैत्री बनाउन ठूलो अभियान आवश्यक छ,त्यसको तयारीमा जुटौं ,विलम्ब नगरौं ।

    Post Views: 403
    प्रकाशित मिति: २०८० मंसिर १०, आईतवार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.