गुलरिया, मंसिर ९ गते(माउण्टेनसमाचार) / प्लान ईन्टरनेशनल नेपाल बाँके युनेस्को को आयोजनामा “सशक्त बालिका परियाेजना” गुलरिया नगरपालिकामा समेत सञ्चालन हुने भएकाे छ । युनेस्काे बाँकेले मंसिर ८ गते शुक्रबार गुलरियामा आयाेजना गरेकाे एक कार्यक्रममा सशक्त बालिका परियाेजनाकाे बारेमा जानकारि गराईएकाे थियाे ।


प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को द्वारा सञ्चालित यस “सशक्त बालिका परियोजना” गुलरिया नगरपालिका पनि सञ्चालन गर्न लागिएको परियोजनाका प्रमुख गोविन्द लामिछानेले जानकारी दिनुभयो।

परियोजना प्रमुख लामिछानेले भने “३ बर्ष सम्म सञ्चालन हुने सशक्त बालिका परियाेजना बर्दियाकाे गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकामा सञ्चालन गर्न लागिएको छ”। “आयाेजनाले मुख्य उद्वेश्य भाेकमरिबाट कसैलाई मर्न नपाराेस र नेपालकाे दिगाे बिकास लक्ष्य लाई पक्ष्याउदै परियोजना सुरुवात गरिएको छ” लामिछानेले भने । साथै कार्यक्रमकाे मुख्य लक्ष्य नै बालिकालाई शसक्त बनाउनका लागि विभिन्न किसिमका सपाेर्ट गर्ने गरि स्वराेजगार बनाउने उद्वेश्य समेत रहेको लामिछानेले कार्ययोजना प्रस्तुत गरेको थिए।

कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले बाँके युनेस्काे क्लबले शुरू गगरेकाे परियोजनालेे बालिकाहरुका लागि फलदायि हुनेमा आफुले विश्वस्त भएको बताउदै सबैले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।




