• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ७, बिहीबार २१:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,मंसिर ७ / स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ। पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स)आजदेखि विश्वविद्यालयमा सुरु भएको हो।कार्यशालाको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले उद्घाटन गरिन।

    मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दै नेत्री राईले कृषिको अध्ययन–अनुसन्धानमा युवापुस्ता आउनुले सकारात्मक सन्देश प्रवाह गरेको बताइन।कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले बजारमा आएका प्रविधिको अन्तरका कारण पनि किसानले आफ्ना समस्या समाधान गर्न नसकेका बताइन।

    राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष रामकुमार फुँयालले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताए। कृषि क्षेत्रका आयोजनालाई आयोगले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए। बागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा नरविक्रम थापाले कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी भएको बताए।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा अर्जुनकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, एसियाली विकास बैंकका  रुडी भेन डायल, एएसडिपीका कार्यक्रम निर्देशक वासुदेव काफ्लेलगायतले नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका लागि  सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

    विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश– विदेशका तीन सय वैज्ञानिक सहभागी भएका छन् । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गर्ने छन्।

    यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थासहित विभिन्न दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी भएका हुन्। सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरूद्वारा कृषि, वन, पशुपालन, भेटेरेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजा सम्बन्धी कार्यपत्र प्रस्तुति गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापन सम्बन्धी विशेष कार्यपत्र प्रस्तुत गरिने छ।

    सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक सहभागी छन्।यसैगरी कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता छ। साभार नागरिकन्युज

    Post Views: 246
    प्रकाशित मिति: २०८० मंसिर ७, बिहीबार २१:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.