• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप फुटबल छनोट : यूएईसँग नेपाल पराजित 

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १, शुक्रबार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / नेपाल फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको छ । बिहीबार राति दुबईको अल मक्तुम स्टेडियममा नेपाली राष्ट्रिय फुटबललाई फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

    यूएईका अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो लिमाले एक–एक र अलि गोल गरे । १५ हजार दर्शक क्षमता रहेको स्टेडियममा थुप्रै नेपाली दर्शकको समर्थन पाएको नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो । अल्हाम्माडीले अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै यूएईको खाता खोलेका थिए ।

    ३६ औं मिनेटमा कप्तान अहमद मबखोटले गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टीमा दोस्रो गोल गरेका उनले नै यूएईबाट तेस्रो गोल गरे । पेनाल्टी बक्सभित्र दुई जनाले हेडमार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै दोस्रो बार च्याप्दै गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा लिमाले गोल गर्दै पहिलो हाफसम्म यूएईलाई ४–० ले अग्रतामा राखे । उनले पेनाल्टी बक्सभित्र चिप गर्दै गोल गरे । अबडाला रमादान बेखिटको क्रसमा नेपाली गोलरक्षक किरणलाई विपरीत दिशामा डाइभ गर्न लगाउँदै उनले उक्त गोल गरेका थिए ।

    दोस्रो हाफको खेलमा भने नेपालले सुधारिएको प्रदर्शन गरेका थिए । डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केही खतरनाक आक्रमणलाई विफल पारे । नेपालले ८१ औं मिनेटमा राम्रो अवसर पाएको थियो । मनीष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार यूएईका गोलरक्षकले मुस्किलले बचाए ।

    Post Views: 229
    प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार ०८:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.