• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाको हार

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १, शुक्रबार ०८:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वच्याम्पियनद्वय ब्राजिल र अर्जेन्टिना पराजित भएका छन्।

    नेपाली समयअनुसार शुक्रबार विहान सकिएका खेलमा अर्जेन्टिनालाई उरुग्वे तथा ब्राजिललाई कोलम्बियाले पराजित गरेका हुन्।

    घरेलु मैदानमा हार बेहोरेको अर्जेन्टिनामाथि उरुग्वेले दुवै हाफमा एक एक गोल गर्दै २-० गोलको जित निकाल्यो।

    उरुग्वेका लागि रोनाल्ड अराउजोले ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरेका थिए।

    यता ब्राजिललाई कोलम्बियाले २-१ गोलले हरायो।

    घरेलु मैदानमा जित निकाल्ने क्रममा कोलम्बियाका लुइस डियाजले दुई गोल गरे। उनले ७५ र ७९ मिनेटमा गोल गर्दै कोलम्बियालाई पुनरागमन जित दिलाए।

    त्यसअघि ब्राजिलका मार्टिनेलीले चौथो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

    छनोटमा हारपछि पनि अर्जेन्टिना शीर्ष स्थानमै छ। अघिल्ला चार खेलमा लगातार जित निकालेको अर्जेन्टिनाको १२ अंक छ।

    यता उरुग्वे दोस्रो स्थानमा उक्लियो। उसको १० अंक छ भने कोलम्बिया ९ अंकसहित तेस्रो स्थानमा पुग्यो।

    भेनेजुएला ८ अंकसहित चौथो स्थानमा रहदा ब्राजिल भने ७ अंकसहित पाँचौ स्थानमा झरेको छ।

    Post Views: 246
    प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार ०८:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.