• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वित्तीय सूचक स्वस्थ र सन्तुलित

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १, शुक्रबार ०७:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, मङ्सिर १ गते / सरकारी स्वामित्वको नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८७ औँ वार्षिकोत्सवका अवसरमा आमनेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैङ्किङ सेवा प्रदान गर्दै राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशकोे आर्थिक निर्माणमा सारथि बन्ने प्रतिबद्धता बैङ्कले व्यक्त गरेको छ ।

    हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी बाह्य स्रोतसमेत करिब तीन हजार छ सय कर्मचारीमार्फत आधुनिक बैङ्किङ सेवा विस्तारमा आव्रmामक ढङ्गले प्रस्तुत भएको जनाउँदै बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारी बैङ्कले २२८ शाखामार्फत कारोबार, २०४ वटा एटिएम तथा ५८ वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको बताउनुहुन्छ ।

    बैङ्कले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको भन्दै उहाँले बैङ्कका सबै वित्तीय सूचक स्वस्थ र सन्तुलित देखिनुका साथै हरेक वर्ष ती सूचकमा उल्लेख्य प्रगति भइरहेको बताउनुभयो । ८७ वर्षअघि आठ लाख ४२ हजार रुपियाँबाट सुरु भएको बैङ्कको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ ।

    विसं २०८० असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैङ्क सफल भएको छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैङ्कको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपियाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र ३६ अर्ब ५८ करोडभन्दा बढी नेटवर्थ रहेको छ ।

    प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधारदरको न्यूनता, स्प्रेडदर व्यवस्थापन, ब्याजदरको कम उतारचढाव, खराब कर्जा व्यवस्थापनलगायतका सूचकमा समेत बैङ्क दरिलो देखिन्छ । बैङ्कले आव २०७६÷७७ देखि आफ्ना सेयरधनीलाई नियमित रूपमा बोनस सेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको छ ।

    निक्षेप, कर्जा, तरलता तथा पुँजी पर्याप्ततालगायत बैङ्कका अधिकांश परिसूचक सबल रहेको भन्दै प्रवक्ता अधिकारीले बैङ्कको आधारदर प्रतिस्पर्धी रहेको, अधिकांश कारोबार डिजिटल माध्यममार्फत सञ्चालन भइरहेको तथा ग्राहक सेवाको गुणस्तरमा कहीँ सम्झौता नगर्ने बैङ्कप्रति आमजनताकोे आकर्षण बढ्दै गइरहेको बताउनुभयो । यी सबै अवस्था र परिसूचक विश्लेषण गर्दा नेपाल बैङ्क लिमिटेड एक अब्बल, सक्षम र नेतृत्वदायी बैङ्कका रूपमा स्थापित भएको उहाँको भनाइ छ । साभार गोरखापत्र

    Post Views: 226
    प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार ०७:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.