बर्दिया,कार्तिक ३० (माउण्टेनसमाचार)/ सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ स्थित जिल्ला समन्वय समिति नजिकको चोकमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ बिहीबार एक जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार गुलरिया नगरपालिका–५ का कृष्ण प्रसाद अधिकारीको मृत्यु भएको हो ।
पुर्व देखि पश्चिमतर्फ जादै गरेको भे ११ प २६४७ नंम्बरको मोटरसाइकललाई दक्षिण देखि उत्तर सुहेलवातर्फ जादै गरेको भे १ ख २४११ नंम्बरको मिनी ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक र चालक नियन्त्रणमा छन् ।




