• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आज यूएईसँग खेल्दै

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार १०:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक ३०/विश्वकप फुटबल छनोट अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । समूह एच अन्तर्गत नेपालले अवे म्याचको रूपमा यूएईसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः३० बजे शुरु हुनेछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस युवा खेलाडीले भरिएको टिम बोकेर यूएई पुगेका हुन् ।

    पाका खेलाडीहरुको रूपमा जम्मा तीन खेलाडीमात्र छन् । चार वर्षअघि विश्वकप छनोटको यसै चरणमा कुवेतको सामना गर्न पुगेको टोलीबाट तीन खेलाडीमात्र हाल नेपाली टोलीमा रहेका हुन् । उनले यूएईसँगको खेलमा तीन नयाँ खेलाडीलाई लिएका छन् ।

    जसमा डिफेन्समा योगेश गुरुङ, मिडफिल्डरमा निशान हमाल र फरवार्डमा राजेश परियार छन् । चोटका कारण नेपालसँग भरपर्दा डिफेन्डर अनन्त तामाङ रहने छैनन् । सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ । अन्जनसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर छ ।

    उनले विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका थिए । यूएईविरुद्ध खेल्दै गर्दा नेपाली टिम कम्तिमा अंक जोड्ने लक्ष्यमा हुनेछ । यूएई भने पोर्चुगलका पूर्व प्रशिक्षकसमेत रहेका पाउलो बेन्टोको नेतृत्वमा मैदानमा उत्रदै गर्दा समूह विजेता नै हुने लक्ष्यमा रहेको छ । बेन्टोले यसअघि दक्षिण कोरियालाई कतार विश्वकपको अन्तिम १६ सम्म पुर्याएका थिए । त्यसपछि बेन्टो यूएईलाई नेतृत्व गर्न आएका हुन् । बेन्टोले नेपाललाई सहज रुपमा लिने गल्ती नगर्ने बताउँदै आफ्नो स्तर अनुसारको खेल खेल्ने बताएका थिए । साभार हाम्रा कुरा

    Post Views: 216
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार १०:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.