• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २५, शनिबार २०:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक २५ /नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्। नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ। त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो।

    नेपाली टोली भोलि आईतवार त्यसतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आज शनिवार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाई ग¥यो। सो अवसरमा पत्रकारसँगको कुुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्नो लागि समेत अवसरका रूपमा लिएको यस श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका हुन्।

    ११ वर्षदेखि नेपालको कप्तानी समाल्दै आएकी रुविना क्षेत्रलाई हटाउँदै क्यानले यसै हप्ता मात्र इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो। त्यसैले इन्दुका लागि यो पहिलो परीक्षासमेत हुनेछ। कप्तान इन्दुले पनि यसलाई चुनौतिको रूपमा लिएको बताएकी छिन्। पछिल्ला समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन्। कप्तान इन्दुले विशेष फिल्डिङ र फिटनेसमा काम गरेको बताएकी छन्।

    नेपालले अन्तिम समयमा मात्र प्रशिक्षक नियुक्त गरेको हो। पारस खड्का निकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोलीको प्रशिक्षण जिम्मेवारी पाएका हुन्। नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६/७ दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरेका छन्।

    आज शनिवार क्यानले मुलपानीस्थित मुख्यालयमा टोलीको बिदाई गरेको हो। क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीलाई बिदाई गरेका थिए। क्यानका सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए। साथै उनले पुरुष टोलीले झैँ शानदार प्रदर्शन गरेर च्याम्पियन हुन आग्रह गरे। क्यानले उपकप्तानको जिम्मेवारी भने बिन्दु रावललाई दिएको छ। नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ,, सम्झना खड्का र रुबी पोदार परेका छन्। कात्तिक २९ देखि मंसिर ३ सम्म हुने श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लवको मैदानमा हुनेछन्।

    शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिष्पर्धा गर्नेछन्। श्रृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ। नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ। तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्वन्द्वी हुन्।साभार नागरिकन्युज

    Post Views: 232
    प्रकाशित मिति: २०८० कार्तिक २५, शनिबार २०:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.