• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नागरिकता प्रदान गर्न खटिए सरुवा भएका प्रजिअ पौडेल

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २४, शुक्रबार २२:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिमकोट,कार्तिक २४/ हुम्ला जिल्लाबाट गोर्खा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भइसकेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल नागरिकता प्रदान गर्न इलाका प्रशासन कार्यालयमा आफँै खटिएर वितरण गरेका छन्। उक्त इलाका प्रशासन कार्यालयमा नयाँ दिने नेपाली नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने अधिकृत नभएपछि प्रजिअ पौडेल आफँै पैदल मार्गबाट गएर इलाका प्रशासन कार्यालयबाट हस्ताक्षर गरेर नागरिकता प्रदान गरेका हुन्।

    प्रजिअ पौडेलले दक्षिणी क्षेत्रका चार वटा गाउँपालिका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका सेवाग्राहीले नागरिकता पाउन नसकेको गुनासो आएपछि आफँै पैदलमार्गबाट सर्केगार्ड पुगेर नागरिकता प्रदान गरिएको बताए। उनले आफू जाने बेला भइसके पनि आफ्नै पालामा धेरैले नागरिकता नपाएको जानकारी पाएपछि एक दिन हिँडेर इलाका प्रशासनमा पुगी नागरिकता वितरण गरेको बताए।

    उनले आफू नागरिकतामा हस्ताक्षर गरेर वितरण गर्न आएको थाहा पाउनेबित्तिकै दुई दिनमा कार्यालयमा काम गर्दा १९६ वटा नागरिकता प्रदान गरिएको बताए। साउन १६ गतेसम्म उक्त कार्यालयका प्रमुख नायब सुब्बा भीमबहादुर रोकायालाई कामु दिएर नागरिकता वितरण गरिँदै आए पनि त्यसयता भने गृह मन्त्रालयले रोकायालाई कामु दिएको थिएन।

    आर्थिक अधिकारी सहितको प्रमुख रोकाया भए पनि इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण गर्न हस्ताक्षर गर्ने अधिकृत नभएपछि सेवाग्राही मर्कामा पर्दै आएका थिए। इलाकाबाट नागरिकता पाउनका लागि आवश्यक कागजात तयार गरेर सम्बन्धित ब्यक्ति नै जिल्ला प्रशासनमा आएर नागरिताको प्रमाण पत्रमा सहायक वा प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गरेर मात्र लिनुपर्ने बाध्यता थियो। उनले नागरिकता लिन सेवाग्राहीलाई यस्तो समस्या देखिएपछि आफँै पिल्डमा गएर नागरिकता वितरण गर्नुपरेको बताए। प्रजिअ पौडेल हुम्ला जिल्लाबाट सरुवासमेत भइसकेका छन्।साभार देश सञ्चार

     

    Post Views: 596
    प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार २२:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.