• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नमूना घर बनाएर फर्किए कांग्रेस महामन्त्री

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २४, शुक्रबार २१:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जाजरकोट,कात्तिक २४ / भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गर्न आएका नेपाली कांग्रेसका महामन्त्रीद्वयले जाजरकोटको नलगाढ नगरपालिका र भेरी नगरपालिकामा नमूना घर निर्माण गरेका छन्। भूकम्पले पु¥याएको क्षतिको अनुगमन गर्न खटिएका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले दुई वटा पालिकाका दुई जना भूकम्प पीडितको घर निर्माण गरेका हुन्। महामन्त्री शर्माले थोरै लगानी र थोरै समयमा केही वर्षसम्मका लागि बस्न मिल्ने गरेर घर निर्माण गरिएको बताए।

    महामन्त्रीद्वयले भूकम्पमा परेर मृत्यु भएका नलगाड नगरपालिका–१ चिउरीका दत्तबहादुर कुमाईको घर निर्माण गरेका थिए। मृतक कुमाईका श्रीमती र चार छोरा छन्।चिउरीमा निर्माण गरिएको घर मृतक दत्तबहादुरकी श्रीमति कृष्णा कुमाईलाई हस्तान्तरण गरिएको थियो। भेरी नगरपालिकामा प्रकाश शाहको परिवारका लागि नमूना घर बनाएर हस्तान्तरण गरेका थिए। शाहको घरमा भाडामा बस्दै आएकी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंह र रेगन शाहको निधन भएको थियो। घरधनी प्रकाश शाह भूकम्पमा परेर घाइते भएका छन्।उनको नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत छन्। नमूना घर प्रकाशका छोरा ११ वर्षीय गिरिशजंग शाहलाई महामन्त्रीद्वयले वडाध्यक्षको रोहवरमा चावी दिएर हस्तान्तरण गरेका थिए।

    वडाध्यक्ष लिलाबहादुर शाहले भूकम्प पीडितहरुका लागि तत्कालका लागि अहिले बनाइएको नमूना घरहरु बनाउन उपयुक्त देखिएको बताए। ‘भत्केका घरमा ढुंगा छँदैछ, काठ पनि प्रसस्त छ,’ उनले भने, ‘सरकारले प्रतिघर ५० हजार रुपैयाँ दिए पीडितहरु आफैले आफ्ना लागि यस्ता घरहरु केही दिनमै निर्माण गर्न सक्छन्।’ उनले यस्ता घरहरु निर्माणका लागि स्वयमसेवीको खाँचो रहेको बताए। ‘जमिन सम्याउने, ढंगा बोकिदिने, बाँस र काठहरु ल्याइदिने र लिपपोत्त गरिदिए स्वयमसेवी भए भूकम्प पीडितहरु चाँडै अस्थायी टहरोमा सर्न पाउँथे,’ उनले भने, ‘त्रिपालले केही दिनका लागि ओत लाग्ने ठाउँ दिन पनि स्थायी घर नबन्दासम्मका लागि अस्थायी टहराले केही वर्षसम्म थेग्न सक्थ्यो।’

    महामन्त्री शर्माले ३५ देखि ४० हजारमा एक परिवार बस्न मिल्ने घर छ जनाले छ घण्टामा बनाउन सक्ने बताए। नमूना घरमा बाँस, ढुंगा र टीनको छाना प्रयोग गरिएको छ। बाँसको बाहिरबाट माटोले पोतिएको छ। महामन्त्रीद्वयले काठमाडौं पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर नमूना घर निर्माणका लागि पहल लिन आग्रह गर्ने बताए। ‘भूकम्प प्रभावित क्षेत्रमा चिसो बढेको छ, केही ठाउँमा हिउँ पनि पर्ने रहेछ,’ उनले भने, ‘नमूना घर जतिसक्यो छिटो बनाउनुपर्ने अवस्था देखिएकाले सरकारसँग यो विषयमा कुरा गछौं।’

    उनले घर भत्किएका र चर्किएका विस्थापितहरुका लागि प्रतिपरिवार सरकारले ४० हजार रुपैयाँ सहयोग गरे महिना दिनभित्रै जाडो, पानी र घाम छेक्ने घर बनाउन सकिने बताए। ‘सरकारले सानो रकम हरेक परिवारलाई देओस्, यस्ता घरहरु एक सातामै बनाएर पीडितहरु सुरक्षित आवासमा बस्न सक्छन्,’ उनले भने, ‘काठमाडौं फर्केपछि प्रधानमन्त्रीलाई भेटेर हामी यहीँ सुझाव दिनेछौं।’ भूकम्प पीडितहरुले आफै पनि अस्थायी घरहरु बनाउन सुरु गरेका छन्। ‘हामीले नमूना घर निर्माण गरेपछि त्यस्तै प्रकारका घरहरु भूकम्प पीडितहरु आफैले पनि बनाउन सुरु गर्नु भएको छ,’ उनले भने, ‘सरकारको थोरै आर्थिक सहयोग हुने हो भने चाँडै पीडितहरुले बस्नका लागि छानो पाउनु हुनेछ।’ साभार नागरिकन्युज

    Post Views: 253
    प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार २१:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.