जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३१ मिनेटमा परकम्प मापन गरिएको हो।
यो परकम्प शुक्रबार राती गएको पहिलो भूकम्पको सबैभन्दा ठूलो पराकम्प हो। शुक्रवार राति ११ः ४७, १२: ०८, १२: २९, १२: ३५ बजे गरी ४ पटक क्रमश: ६.४, ४.५, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।




