• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोसीमा मन्त्रिपरिषद् बिस्तार पछि एमाले रुष्ट , सरकारबाट बाहिरिने चेतावनी

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १७, शुक्रबार २०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विराटनगर,कात्तिक १७/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बिस्तार गरे पछि नेकपा एमाले रुष्ट बनेको छ। सल्लाह नै नगरी मन्त्रिपरिषद् बिस्तार गरको भन्दै एमालेले सरकार छाड्ने चेतावनी दिएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सल्लाह नै नगरी मन्त्रिपरिषद् बिस्तार गरिएकाले नेकपा एमालेलाई मुख्यमन्त्रीको निर्णय मान्य नरहेको बताए।

    भण्डारीले एकलौटी रुपमा मन्त्रिपरिषद् बिस्तार गरेका कारण एमाले सरकारबाट बाहिरिने चेतावनी दिए। भण्डारीले भने,‘हामीसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् बिस्तार गरिएकाले अब, हामी सरकारमा बस्दैनौँ।’ भण्डारीले आइतबारसम्ममा पार्टीबाट सहभागी मन्त्रिलाई फिर्ता बोलाउने स्पष्ट पारे।

    सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले यसबारेमा आवश्यक निर्णय पनि गर्ने भण्डारीले जानकारी दिए। असोज २७ गते  मुख्यमन्त्री केदार कार्कीसहित नेपाली कांग्रेका ८ जना सांसदले विद्रोह गरेर एमालेको सहयोगमा सरकार गठन गरेका थिए। एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेसहित गठबन्धन दलकोसमेत विश्वासको मत पाएका थिए। नेकपा एमालेले गठबन्धनको नभई काँग्रेस र एमालेबाट मात्रै सरकार गठन गर्नुपर्ने अडान राख्दै आएको थियो।

    मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई गठबन्धनले समर्थन गरिसकेका कारण एमाले सरकारबाट बाहिरिनुपर्ने गठबन्धनका अन्य दलहरूले बताउँदै आएका थिए। यही कारण औपचारिक र अनौपचारिक रुपमा मन्त्रिपरिषद् बिस्तारका विषयमा काँग्रेस र एमालेबिच छलफल भए पनि विना निष्कर्ष छलफल टुंगिदैं आएका थियो।साभार नागरिकन्युजबाट

    Post Views: 225
    प्रकाशित मिति: २०८० कार्तिक १७, शुक्रबार २०:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.