बर्दिया,कात्तिक १७ (माउण्टेनसमाचार)/बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर १० शक्तिपुरकी २८ वर्षिय सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।

चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला महिलालाई बाघले आक्रमण गरि बेपत्ता पारेको दिउँसो साढे २ बजे जानकारी प्राप्त भएको डिएसपी तुल्सीराम अर्यालले बताए ।
‘बाघले आक्रमण गरि बेपत्ता पारेको महिलाको शव साढे ३ बजे फेला परेको हो’ डिएसपी अर्यालले भने,‘पोष्टमार्टमको लागि महिलाको शव बर्दिया अस्पतालमा लगिएको छ ।’



