बर्दिया,कात्तिक १५(माउण्टेनसमाचार) / महान् चार्ड शुभ दिपावली, छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री प्रयोग नगर्न नगरवासीहरुलाई ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुहरु प्रयोग नगर्ने/नगराउने सम्बन्धि बुधबार सुचना प्रकाशित गरि ठाकुरबाबा नगरपालिकाले जनाएको हो । ठाकुरबाबा नगरपालिकाको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै लैजाने नीति रहेको सुचनामार्फत जनाएको छ ।
जसले गर्दा ठाकुरबाबा नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यालय, उद्योगी, व्यवसायी तथा सम्पुर्ण नगरवासीहरुले प्लास्टिकजन्य सामाग्री प्रयोग नगर्न आग्रह गरेको छ । प्रकाशित सुचनालाई अटेर गरी प्लास्टिकका माला तथा पुष्प सामाग्री प्रयोग गरेको पाईएमा नियमानुसार ठाकुरबाबा नगरपालिकाले कारवाही गर्ने उल्लेख गरिएको छ ।





