• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अंकिताले खुलाइन् सुशान्तसँग ब्रेकअप हुनुको कारण

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १४, मंगलवार २०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    छोटो समयमा दर्शकको मन जित्न सफल भएकी बलिउड अभिनेत्री अंकिता लोखंडे अहिले फेरि चर्चामा आएकी छन्।

    भारतीय रियालिटी शो ‘बिग बोस १७’ मा प्रतिस्पर्धीको रूपमा देखिएकी अंकिता सामाजिक संजालमा ट्रोल समेत बनिरहेकी छन्। ‘बिग बोस’ मा उनलाई पति विक्की जैनको कारण पनि नकारात्मक टिप्पणी भइरहेको छ। शो मार्फत उनी आफूलाई दर्शक सामू फेरि प्रचार गर्न आएकी थिइन्। तर विक्कीको कारण उनी दु:खी भइरहेको शोमा देखाएको छ।

    यसैबीच उनले आफ्नो पूर्व प्रेमी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतलाई सम्झिएकी थिइन्। सुशान्तसँगको प्रेम सम्बन्धमा आफू खुशी भएको उनले याद गरेकी छन्।

    सुशान्तसँगको प्रेम सम्बन्ध टुट्दाको पललाई सम्झिदै उनले भनिन्, ‘हामी प्रेम सम्बन्धमा खुशी थियौं। तर सुशान्तले त्यो रात सबै खतम गरे। उनले सम्बन्ध तोडे। म एकदम नराम्रोसँग टुटेकी थिएँ। मैले त्यो सम्बन्ध टुट्नुको कारण आजसम्म थाहा पाउन सकेको छैन।’

    ‘ब्रेकअपपछि मलाई मान्छेहरूले अंकितालाई कसले बिहे गर्छ? कसले साथ दिन्छ जस्ता कुरा गरे। पछि त्यही मान्छेहरूले अंकिता भएको भए सुशान्त मर्ने थिएन भने। त्यो समय मैले पनि सुशान्त कुनैबेला मेरो थियो भनेर उनीमाथि आएको गलत कुराहरूसँग विरोध गरें,’ उनले भनिन्।

    सुशान्तले केही नयाँ काम गर्दा आफूलाई सोधपुछ नगर्ने समेत उनले शोमा बताएकी छन्। सानातिना झगडा हुँदा आफूलाई बुझ्न नखाेजी सुशान्तले एक रातमा सम्बन्ध तोडेको अंकिताको आरोप छ।

    सुशान्तसँगको प्रेम सम्बन्ध टुटेपछि आमाबाबुको साथसहयोगले नै अगाडि बढ्न सकेको उनले बताइन्।

    अकिंताले भारतीय टेलिश्रृंखला ‘पवित्र रिस्ता’ बाट अभिनय यात्रा सुरू गरेकी थिइन्। यही टेलिश्रृंखलाबाट सुशान्त र उनको प्रेम सम्बन्ध अघि बढेको थियो। उनीहरूको जोडीलाई दर्शकले खुबै मन पराएका थिए। साथै उनले अभिनेत्री कंगना रनावतसँग फिल्म ‘मनिकणिका’ मा अभिनय गरेकी थिइन्।

    Post Views: 241
    प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलवार २०:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.