• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतमा नेपाली सिमेन्टको माग बढ्दै, असोजमा मात्र ४३ करोडको निर्यात

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार १७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गत आर्थिक वर्षभरि नेपालबाट जति सिमेन्ट निर्यात भएको थियो, यो आर्थिक वर्षका तीन महिनामै त्यति नै सिमेन्ट निर्यात भएको छ।

    २०७९ साउनबाट सिमेन्ट निर्यात सुरू भएको थियो। २०८० असारसम्म आइपुग्दा करिब ७८ करोड रूपैयाँको निर्यात भएको थियो।

    २०८० साउनदेखि असोज महिनासम्म भने ८५ करोड रूपैयाँभन्दा बढीको सिमेन्ट निर्यात भएको छ।

    यसपालि असोजमा मात्रै कुल निर्यातमा सिमेन्टको हिस्सा तीन प्रतिशत पुगेको छ। जबकि गत वर्ष असोजमा समग्र निर्यातमा सिमेन्टको हिस्सा ०.०१ प्रतिशत मात्रै थियो।

    चालु वर्षको साउन र भदौ महिनामा ४१ करोड ८४ लाख रूपैयाँको रूपैयाँको सिमेन्ट र क्लिंकर भारतीय बजारमा निर्यात भएको छ। असोज एक्लो महिनामा ४३ करोड ४५ लाख रूपैयाँको निर्यात भएको हो।

    गत आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-भदौऔ-असोज) को तुलनामा यो वर्ष यही अवधिमा ४१ गुणा बढी निर्यात भएको हो।

    उद्योगीहरूका अनुसार निर्यात बढे पनि समग्र उत्पादन भने बढेको छैन। देशभित्र सिमेन्टको मागमा कमी आएकाले निर्यातमा क्रमशः सुधार भएको उनीहरूले बताएका छन्।

    नेपालबाट २०७९ साउनमा पहिलोपटक ४९ लाख रूपैयाँको सिमेन्ट निर्यात भएको थियो। यी १५ महिना अवधिमा एक अर्ब ६३ करोड रूपैयाँको सिमेन्ट र क्लिंकर भारतीय बजारमा बिक्री भइसकेको छ।

    गत वर्ष बजेटबाट सरकारले सिमेन्ट निर्यातमा नगद अनुदान तथा बिजुली प्रयोग गर्दा शुल्क छुटका योजना लिएसँगै सिमेन्ट निर्यात क्रमशः बढेको हो।

    अहिले सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ।

    अहिलेसम्म नेपालबाट पाल्पा, अर्घाखाँची, बालाजी र सिजी सिमेन्ट भारतीय बजारमा बिक्री भइरहेका छन्। सिमेन्ट निर्यात गर्ने उद्योग संख्या बढेसँगै निर्यातको मात्रा पनि बढ्दो छ।

     

    कुन महिना कति सिमेन्ट निर्यात भयो?

     

    • साउन २०७९ मा (पहिलो महिना)– ४९ लाख रूपैयाँ

     

    • भदौ २०७९– ४० लाख रूपैयाँ

     

    • असोज २०७९– एक करोड २६ लाख रूपैयाँ

     

    • कात्तिक २०७९– एक करोड ३५ लाख रूपैयाँ

     

    • मंसिर २०७९– ९१ लाख रूपैयाँ

     

    • पुस २०७९– चार करोड २० लाख रूपैयाँ

     

    • माघ २०७९– आठ करोड सात लाख रूपैयाँ

     

    • फागुन २०७९– १३ करोड ७६ लाख रूपैयाँ

     

    • चैत २०७९– ११ करोड ७६ लाख रूपैयाँ

     

    • वैशाख २०८० मा– १३ करोड १२ लाख रूपैयाँ

     

    • जेठ २०८०– १२ करोड ३२ लाख रूपैयाँ

     

    • असार २०८०– १० करोड २९ लाख रूपैयाँ

     

    • साउन २०८०– २३ करोड ५० लाख रूपैयाँ

     

    • भदौ २०८०– १८ करोड ३४ लाख रूपैयाँ

     

    • असोज २०८०-४३ करोड ४५ लाख

     

    भारतमा तयारी सिमेन्टभन्दा बढी क्लिंकर निर्यात भएको छ। क्लिंकर सिमेन्ट अर्धतयारी कच्चा पदार्थ हो। चालु वर्षको तीन महिनामा ४६ करोड ८९ लाख ९१ हजार रूपैयाँको एक लाख ११ हजार १०६ टन क्लिंकर निर्यात भएको छ।

    त्यस्तै ३८ करोड ४० लाख ८० हजार रूपैयाँको ६ लाख ९ हजार ४४८ टन पिपिसी सिमेन्ट निर्यात भएको छ।

    अघिल्ला महिनाहरूमा तयारी सिमेन्टको तुलनामा क्लिंकर निर्यात करिब दोब्बर थियो। असोजमा भने सिमेन्ट र क्लिंकरको निर्यात बराबर छ। असोजमा २२ करोड २० लाखको तयारी सिमेन्ट र २१ करोड २५ लाखको क्लिंकर निर्यात भएको छ।

    माग बढाउन नेपाली व्यवसायीहरूले भारतमा विज्ञापन पनि गरिरहेका छन्। अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भारतीय बजारमा आफ्नो सिमेन्टको विज्ञापन गरिएको जानकारी गराए।

    सिमेन्टको निर्यातमा सुधार भए पनि आन्तरिक माग बढ्न नसकेको कारण उत्पादन कम नै छ। सिमेन्टका लागि यो समय अफ-सिजन हो। तर पनि उत्पादन क्षमता ३० देखि ३५ प्रतिशत मात्रै भएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए।

    गत वर्ष यसै समयमा ३५ प्रतिशतसम्म क्षमतामा उद्योग चलेका थिए।

    संघको तथ्यांकअनुसार नेपाली सिमेन्ट उद्योगहरूको वार्षिक उत्पादन क्षमता दुई करोड ५० लाख टन पुगिसकेको छ।

    विगत पाँच-सात वर्षअघिसम्म विदेशी सिमेन्टमै पूर्ण निर्भर नेपाल आज निर्यात गर्ने हैसियतमा पुगेको छ। भुइँचालोपछिका वर्षहरूमा हेर्ने हो भने आर्थिक वर्ष २०७४/७५ मा हालसम्मकै धेरै सिमेन्ट र क्लिंकर आयात भएको देखिन्छ। यो स्थितिबाट उठेर सिमेन्ट व्यापार अहिले निर्यातउन्मुख छ।

    यसबीच देशभर दर्ता भएका सिमेन्ट उद्योगको संख्या एक सय नाघेको छ। सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार यी सबैमा तीन खर्ब रूपैयाँभन्दा धेरै लगानी छ। दर्ता भएका सबै सिमेन्ट उद्योग चलेका भने छैनन्। साभार सेतोपाटी

    Post Views: 222
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार १७:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.