• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दीपेन्द्रले विश्वकप छनोट गुमाउने सम्भावना

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार १३:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटका सबै खेल गुमाउने सम्भावना बढेको छ।

    सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनलाई खुट्टामा चोट लागेको थियो। त्यसपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको थियो।

    सिंगापुरविरूद्ध नेपालले ८ विकेटको जित निकालेपछि दीपेन्द्र वैशाखी टेकेर त्रिवि मैदान आएका थिए। अब नेपालले एक साताभित्र बढीमा चार र कम्तीमा दुई खेल खेल्नेछ। नेपालले भोलि मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ। त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल हुनेछ। त्यसअघि उनी मैदान फर्कने सम्भावना न्यून छ।

    उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेल गुमाएका थिए।

    उनको स्थानमा विवेक यादवले सिंगापुरविरूद्धको खेलमा स्थान बनाएका थिए।

    अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरूद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। उच्च लयमा रहेको बेलामा घाइते भएसँगै दीपेन्द्र टी-२० छनोटमा नेपाली टिममा फर्कनेमा शंका बढेको छ। साभार सेतोपाटी

    Post Views: 345
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार १३:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.