• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राष्ट्रसंघका महासचिव गुटेरसले दिउँसो २ बजे प्रधानमन्त्री र ४ बजे राष्ट्रपतिलाई भेट्ने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १२, आईतवार ०९:४९ प्रकाशित
    /fi6«;‹sf dxf;lrj u'6]/];nfO{ :jfut sf7df8f}F, !@ sflQs M g]kfnsf] rf/lbg] cf}krfl/s e|d0fsf qmddf cfh lqe'jg cGt/f{li6«o ljdfg:yn cfOk'Ug' ePsf ;+o'Qm /fi6«;‹sf dxf;lrj PG6f]lgof] u'6]/];nfO{ :jfut ub}{ k//fi6«dGqL gf/fo0fk|sfz ;fpb . tl:a/M ls/0f/fh lji6÷/f;;
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक १२ / चार दिने औपचारिक भ्रमणका लागि गएराति नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले महत्वपूर्ण भेटघाटहरू आजै गर्ने भएका छन्। गएराति १ बजे नेपाल आएका महासचिव गुटेरसले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने कार्यक्रम छ।

    उनले प्रधानमन्त्री प्रचण्डसँग दिउँसो २ बजेपछि र राष्ट्रपति पौडेलसँग दिउँसो ४ बजे भेट्ने कार्यक्रम रहेको छ। २ बजे प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँग भेट्नुअघि उनले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्नेछन्।

    प्रधानमन्त्री प्रचण्डको औपचारिक निम्तोमा नेपाल आएका उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरमा भेट्ने कार्यक्रम छ। आजै साँझ प्रधानमन्त्री प्रचण्डले गुटेरसको सम्मान तथा स्वागतमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।

    गुटेरसँगको भेट बाँकी रहेको शान्ति प्रकिया टुंगो लगाउने विषयमा नै केन्द्रीत रहने नेताहरूले बताएका छन्। उनी आउनुअघि शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा पनि शान्ति प्रक्रिया टुंगो लगाउने विषयमा एउटै धारणा बनाउनेबारे कुरा भएको थियो।  मंगलबारसम्म नेपालमा रहने गुटेरसले मंगलबार दिउँसो संघीय संसदको संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।साभार सेतोपाटी

    Post Views: 192
    प्रकाशित मिति: २०८० कार्तिक १२, आईतवार ०९:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.