• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १२, आईतवार ००:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैर–बाध्यकारी प्रस्तावलाई पारित गरेको छ । यो हमास आक्रमणपछि इजरायल र प्यालेष्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिक्रिया हो ।

    विश्व समुदायको छाता संगठनको रूपमा रहेको १९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरूद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले महासभालाई विभाजित संयुक्त राष्ट्रसङ्घभन्दा अधिक साहासी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिए ।

    विगत दुई सातामा चार पटक सहमतिका लागि गरिएको प्रयासमध्ये दुई भिटो शक्तिका कारण र अन्य दुई सहमतिको पक्षमा कम्तीमा नौ मत नपुग्दा विफल भएका छन् ।

    इजराइलको संयुक्त राष्ट्रसङ्घीय राजदूत गिलाड एर्डनले मतदानपछि भने, “हमासको आतङ्ककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारवाही बन्द गर्ने छैन ।” उनका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतङ्कवादी सोचलाई जरैबाट हटाउनु हो ।

     

    संयुक्त राज्य अमेरिकाद्वारा समर्थित क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ सदस्यको अनुपस्थितिसहित १९३ सदस्यीय वैश्विक निकायले १२० को विरूद्ध १४ मतले प्रस्ताव पारित गरेको थियो । उसले अक्टोबर ७ मा हमासले गरेको ’आतंकवादी हमला’को स्पष्ट निन्दा गर्नुका साथै हमासले कब्जामा लिएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो, जसको उल्लेख अरबले तयार पारेको प्रस्तावमा गरिएको छैन ।

     

    संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुशी व्यक्त गरेका छन् ।

     

    “यस प्रकारको भूराजनीतिक वातावरणमा १२० मत अन्तर्राष्ट्रिय कानून, बलप्रयोगको समानुपातिक प्रयोगको समर्थनको उच्च सङ्केत हो र यो अहिले धरातलमा भइरहेको यथास्थितिलाई अस्वीकार गर्नु हो,” उनले भने ।

    प्रस्तावको विपक्षमा मतदान गर्ने १४ मुलुकहरूमा इजरायल र यसको निकटतम सहयोगी संयुक्त राज्य अमेरिका, पाँच प्रशान्त टापु राष्ट्रहरू र चार युरोपेली देशहरू अस्ट्रिया, क्रोएशिया, चेकिया र हंगेरी रहेका छन् । इयूका आठ सदस्य राष्ट्रले पक्षमा मतदान गरेका थिए ।

     

    संयुक्त राष्ट्रसङ्घका लागि फ्रान्सका राजदूत निकोलस डे रिभिएरेले आफ्नो देशले यो प्रस्तावलाई समर्थन गरेको र ‘कुनै पनि कुराले नागरिकको पीडालाई न्यायोचित ठहराउन नसक्ने’ बताएका छन् ।

     

    मन्सुरले भने, ‘युरोपेली मतले सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न वा यो युद्ध रोक्न इजरायलमा अधिकतम दबाब सिर्जना गर्न ‘धेरै सहयोगी’ हुन सक्ने सङ्केत गरेको छ ।

     

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणबाट करिब एक हजार ४०० इजरायलीको मृत्यु भएको छ भने इजरायलको जवाफी हवाई आक्रमणमा सात हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । गाजामा बढ्दो मृत्यु र विनाशले गाजाका २३ लाख मानिसहरूलाई अति आवश्यक खाद्यान्न, पानी, औषधि र ईन्धन उपलब्ध गराउन ‘मानवताका लागि युद्धविराम’ को लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको छ ।

     

    संयुक्त अरब इमिरेट्सका नुसेइबेहले पत्रकारहरूसँग भने, “सुरक्षा परिषद्को प्रस्तावजस्तो महासभाका प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी हुँदैनन् तर तिनीहरूले अविश्वसनीय वजन र नैतिक अधिकार बोकेका हुन्छन् ।”

    उनले सुरक्षा परिषद्का १० निर्वाचित सदस्यले महासभाबाट ‘नैतिक अधिकार’ लिने र परिषद्को प्रस्तावमा रहेको अवरोध तोड्ने प्रयास गर्ने बताएका छन् ।

     

    प्यालेस्टाइनको कब्जामा रहेका क्षेत्रमा इजरायली गतिविधिबारे महासभाको आपतकालीन विशेष अधिवेशनमा ११३ वक्ताको सूचीमार्फत मतदान भएको हो ।

     

    जोर्डनका संयुक्त राष्ट्रसङ्घका राजदूत महमुद हमुदले संयुक्त राष्ट्रसङ्घको २२ राष्ट्रको अरब समूहको तर्फबाट बोल्दै प्यालेष्टिनी जमीनमा बढ्दो आक्रामक स्थितिको तात्कालिकतालाई ध्यानमा राख्दै यस प्रस्तावमा कदम चाल्न आह्वान गरेका थिए ।

     

    मतदान अघि हमुदले क्यानडाको संशोधनलाई परास्त गर्न आग्रह गर्दै भने, “अहिले भइरहेको ज्यादतीका लागि इजरायल जिम्मेवार छ र त्यो गाजाको जमीनी आक्रमणमा पनि देखिनेछ ।”

     

    संयुक्त राष्ट्रसङ्घका लागि क्यानडाका राजदूत रोबर्ट रायले प्रस्तावले अक्टोबर ७ को घटनालाई बिर्सेको जस्तो देखिएको बताए । उनले भने, “यो संशोधनले इतिहासकै सबैभन्दा खराबमध्ये एक आतङ्कवादी हमलाका लागि जिम्मेवार हमासको निन्दा गरेको छ ।

     

    संयुक्त राष्ट्रसङ्घका लागि पाकिस्तानका राजदूत मुनीर अक्रमले अरबले तयार पारेको प्रस्तावमा जानाजानी इजरायलको निन्दा वा उल्लेख नगरिएको र अन्य कुनै पक्षको नाम उल्लेख नगरिएको बताएपछि आफूले प्रस्तावको पक्षमा समर्थन गरेको बताएका थिए ।

     

    अकरमले भने, “यदि क्यानडा वास्तवमै न्यायसङ्गत थियो भने उसले या त अपराधमा दोषी ठहरिएका दुवै पक्षको नाम लिन सहमत हुने थियो वा हामीले रोजेको जस्तो नाम पनि राख्ने थिएन ।”

     

    क्यानडाको संशोधनमा २३ वटा असहमतिसहित ८८का विरूद्ध ५५ मत खसेको थियो, तर यसले पक्ष वा विपक्षमा मतदान गर्नेहरूको दुई तिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो । त्यसपछिको सम्पूर्ण प्रस्तावको मतदानमा क्यानाडा अनुपस्थित थियो ।

     

    अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले इजरायलका एर्डनले हमासको नाम उल्लेख नगरेको र यो दुई राष्ट्र समाधानको दृष्टिकोणका लागि ‘हानिकारक’ भएको भन्दै प्रस्तावलाई ‘अपमानजनक’ भनेका थिए ।

     

    उनले यसलाई ‘इजरायली र प्यालेस्टिनीहरूका लागि खतरनाक क्षण’ भने, “हमासको ‘आतङ्क’ को कुनै औचित्य छैन, प्यालेस्टिनीहरूलाई मानव ढालको रूपमा प्रयोग गरिएको छ र ‘निर्दोष प्यालेस्टिनी’ हरूको जीवनको रक्षागर्नु पर्दछ ।”

     

    ओमानले गल्फ कोअपरेशन काउन्सिलको तर्फबाट बोल्दै इजरायलले गाजामा गरेको ‘घेराबन्दी’, त्यहाँका जनता भोकमरी र प्यालेस्टिनीलाई सामूहिक सजायको निन्दा गरेको छ । तर प्यालेस्टिनीहरू आफ्नो आत्मनिर्णयको अधिकार र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने अधिकारको माग गर्नबाट विचलित हुने छैनन् ।”

     

    शुक्रबार पारित गरिएको प्रस्तावमा तत्काल, दिगो र स्थायी मानवीय युद्धविरामको लागि आह्वान गर्नुका साथै सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय सहयोग र मानव अधिकारअन्तर्गत आफ्ना दायित्वहरू तुरुन्तै पालना गर्न माग गर्दछ । साभार रातोपाटी

    Post Views: 222
    प्रकाशित मिति: २०८० कार्तिक १२, आईतवार ००:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.