
अस्ट्रेलियाले विश्वकप २०२३ मा शनिबार न्युजिल्यान्डमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । ‘हाई स्कोरिङ’ खेलमा जितका लागि ३ सय ८९ रन पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रनमात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनाएको थियो । त्यसमा ओपनरद्वय डेविड वार्नर र ट्राभिस हेडले १ सय ७५ रनको साझेदारी गरे । वार्नरले ८१ र हेडले १ सय ९ रन बनाए ।
जवाफमा न्युजिल्यान्डका लागि रसचिन रवीन्द्रले १ सय १६ रन बनाए । यस्तै ड्यारेल मिचेल र जेम्स नसिमले ५८ रनको योगदान दिए ।
यो जितपछि अस्ट्रेलियलाको ८ अंक भएको छ र चौथो स्थानमा रह्यो । न्युजिल्यान्डको पनि समान ८ अंक छ र तेस्रो स्थानमा छ । अस्ट्रेलियाको यो लगातार चौथो जित पनि हो । साभार इकान्तिपुर




