• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल लिग चरणका चारै खेल जिते पनि अन्तिम खेल फाइनलमा पराजित हुँदा उपाधिबाट बिमुख बन्यो।

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १०, शुक्रबार १४:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ। युएईले शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले पराजित गर्‍यो।

    नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

    युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्का हिर्काएका थिए। पहिलो ओभरमा नेपालका सोमपाल कामीले पहिलो बलमा नोबलसहित १७ रन खर्चिएपछि नेपालले बलिङमा खराब सुरुवात गरेको थियो।

    त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट भए। शर्मालाई कुशल मल्ल र खानलाई गुल्सनले आउट गरे।

    १५औं ओभरमा अलिसान शराफुलाई अभिनास बोहराले आउट गर्दा अर्को ओभरमा वृत्य अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत् रनआउट गरेका थिए।

    १९औं ओभरको चौथो बलमा अभिनासले अली नासीरलाई ११ रनमा बोल्ड गरेका थिए। अन्तिम ओभरमा युएईलाई जितका लागि ७ रन चाहिएको थियो। बलिङमा नेपालका करण केसीले अन्तिम ओभर गरे पनि नेपाललाई जित दिलाउन सके। अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा युएईका बासील हमीदले छक्का हिर्काएका थिए।

    बलिङमा नेपालका गुल्सन झा र अभिनास बोहराले २-२ विकेट लिए।

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए।

    त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रन र कुशल मल्ल १ रनमै आउट भए। दुवैलाई युएईका आयान खानले बोल्ड गरेका थिए।

    रोहितकुमार पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले २० रन जोड्न सके। दुवैलाई युएईका अली नासीरले आउट गरेका थिए। सन्दीप जोरा १० रन र गुल्सन झा ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

    सोमपाल कामी पनि व्यक्तिगत १३ रनमा आयान खानबाट बोल्ड भएका थिए।

    करण केसीले नटआउट २३ रन जोडे। करणले अन्तिम ओभरमा जाहूर खानलाई सुरुवाती पाँच बलमा रन लिन सकेनन् भने अन्तिम बलमा २ रन लिएका थिए। करणले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे।

    नेपालले ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६१ रन र पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ९५ जोडेको थियो। तर त्यसपछिका ओभरमा भने नेपालले लगातार विकेट गुमाउदा रनको गति केही रोकिएको थियो।

    बलिङमा युएईका आयान खानले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए।

    सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो। युएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो। हङकङलाई रनरेटमा पछि पारेर फाइनलमा स्थान पक्का गरेको युएईले ५ मध्ये २ खेल जितेर उपाधि कब्जा गर्‍यो। नेपाल भने समूह चरणका चारै खेल जिते पनि अन्तिम खेल फाइनलमा पराजित हुँदा उपाधिबाट बिमुख बन्यो।

    अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी-२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी-२० सिरिज खेलेको हो।

    विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ।

    समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्। साभार सेतोपाटी

    Post Views: 210
    प्रकाशित मिति: २०८० कार्तिक १०, शुक्रबार १४:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.