सुर्खेत, कार्तिक १० गते / दैलेखमा युवाहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा बिहीबार बेलुका ५ बजेतिर झडप भएको हो।
झडपमा परी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको हो।
झडपमा परी घाइते भएका बुढालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो। अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
झडपमा संलग्नहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए। साभार सेतोपाटी





