• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ९, बिहीबार ०५:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक ९ गते / आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि तीन सय नौ रनको कीर्तिमानी जित हासिल गरेको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ९९ रन बनायो ।

    जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २१ ओभरमै अलआउट हुनुअघि ९० रनमात्र बनाउन सक्यो । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टोलीले रनका आधारमा हासिल गरेको यो सबैभन्दा फराकिलो अन्तरको जित हो ।

    यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियन टोलीले अफगानिस्तानलाई दुई सय ७५ रनले हराएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र ग्लेन म्याक्सवेलले सतकीय पाली खेलेका थिए ।

    वार्नरले ९३ बलमा तीन छक्का र ११ चौकाको मद्दतले एक सय चार रन बनाए । म्याक्सवेलले केवल ४४ बलको सामना गरी आठ छक्का र नौ चौकाको मद्दतले एक सय ६ रनको योगदान गरे ।

    अस्ट्रेलियाका लागि स्टिभन स्मिथ र मार्नुस लाम्बुसेनले अर्धसतक बनाए । स्मिथले ६८ बलमा एक छक्का र नौ चौकाको मद्दतले ७१ रन बनाए । लाम्बुसेनले पनि ४७ बलमा दुई छक्का र सात चौकाको मद्दतले ६२ रन प्रहार गरेका थिए ।

    नेदरल्यान्ड्सका बलर लोगन भान बिकले चार विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर बिक्रमजित सिंहले सर्वाधिक २५ रन बनाएका थिए ।

    अस्ट्रेलियाका बलर एडम जाम्पाले चार विकेट लिए । उनी जारी विश्वकपमा हालसम्म सर्वाधिक विकेट लिने बलर पनि बनेका छन् । उनले लिएको विकेट सँख्या १३ पुगेको छ ।

    मिचेल मार्सले पनि दुई विकेट हात पारे । मिचेल स्टार्क, जोस हेजलउड र प्याट कुमिन्सले पनि एक—एक विकेट हात पारे ।

    Post Views: 241
    प्रकाशित मिति: २०८० कार्तिक ९, बिहीबार ०५:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.