• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ८, बुधबार १५:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ।

    विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन्न भई साम्प्रदायिक दंगा भड्किएपछि विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

    यस वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए। मूर्ति विसर्जनमा यस वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो।

    विगतका वर्षमा दुर्गाजीको मूर्ति मार्गमा घुमाउन सुरक्षाकर्मीले दिएनन्। यसमा आपत्ति जनाउँदै अधिकांश सर्वसाधारण मूर्ति विर्सजनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिए। यसअघि मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो।

    मार्गबारे विवाद भएपछि मलंगवाको जिल्ला विकास चोकको मूर्ति विसर्जन गर्न सर्वसाधारण नआएर ढिलाइ भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पंकज कर्णले जानकारी दिए। मलंगवाको जिल्ला विकास चोकको मूर्ति विसर्जनका लागि सहजीकरण भइरहेको प्रहरीले जनाएको छ।

    बाँकेमा सुरक्षा व्यवस्था कडा

    दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ। मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

    सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको उनले बताए। ती स्थानमा १२ घन्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ। सुरक्षा थप चुस्तदुरूस्त बनाउन नेपाल-भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ।

    भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक कामबाहेक आज एक दिनका लागि आउन कडाइ गरिएको छ। जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ।

    नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घन्टा गस्ती गरिने व्यवस्था गरिएको छ। दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए।

    सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ।

    अहिले मूर्ति विसर्जन गरी यहाँको राप्ती नदीतर्फ सेलाउन लगिएको छ। साभार सेतोपाटी

    Post Views: 225
    प्रकाशित मिति: २०८० कार्तिक ८, बुधबार १५:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.