बर्दिया,कात्तिक ५(माउण्टेन समाचार)/ नेपालीहरुको महान् पर्व विजया दशमी हाम्रै आँगनमा आई पुगेको छ । नेपाली समाज साँस्कृति रुपमा सम्पन्न र वैभवशाली समाज हो । यस समाजका आफ्नै प्रकारका मुल्य जीवन प्रद्धतिहरु छन् । हाम्रा साँँस्कृति पर्वहरुले हाम्रो जीवन पद्धतिलाई सुन्दर बनाउन र हामीलाई संस्कार युक्त बाटोमा हिड्न सधैं प्रेरित गरिरहेका छन् । हामीलाई जीवनको सुन्दर आदर्शतर्फ अभिप्रेरित गराउने पर्वहरुमा विजयादशमीको सर्वाधिक महत्व छ ।


त्यसैले यो पर्व सम्पूर्ण नेपाली समाजलाई जोड्न राष्ट्रिय पर्वका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नेपाली जनसमुदायमा स्थापित छ ।
विजया दशमीलाई वडा दशैं पनि भन्ने गरिन्छ । यसको सामाजिक र साँस्कृतिक महत्व एकातिर छ भने अर्कोतिर धार्मिक महत्वसमेत उल्लेखनिय छ । सामाजिक साँस्कृतिक रुपमा यस पर्वले हामीलाई आपसमा सद्भाव भाइचारा र आत्मीयताको सन्देश प्रदान गर्छ । प्रेम र करुणाको भाव जाग्रित गराउँछ । अग्रजहरु प्रति सम्मान र कृतज्ञता अभिव्यक्ति प्रकट गर्दछ ।

धार्मिक रुपमा यो पर्वले अझै ठुलो आदर्शतिर मानवजातिलाई डो¥याउने प्रेरणा प्रदान गर्दछ । पुर्वीय हिन्दु आध्यात्म दर्शनको महान् भावनालाई जीवन पद्धतिमै रुपान्तरण गर्न सिकाउने महान् पर्व विजया दशमी रहेको छ । असत्य माथि सत्यको विजय अन्यायमाथि न्यायको विजयको संकेत दिदैँ सधै मानव जातिलाई न्याय र सत्यको बाटोमा हिड्न यो पर्वले प्रेरित गरेको छ । हिन्दु धर्मका महान ग्रन्थहरु देवी भागवत र रामायण जस्ता पवित्र धार्मिक साहित्यमा वार्णित माता नवदुर्गा र भगवान श्री रामचन्द्रका आदर्श जीवन चरित्रको उपासना आराधना गर्दै सत्य र न्यायको जीत भएको पौराणिक घटनालाई तिथडका रुपमा स्मरण गर्दै मनाईने यो पर्व वास्तवमै महान र जीवनलाई आध्यामित्मक मार्गमा डो¥याउन प्रेरित गर्ने पवित्र पर्वका रुपमा स्थापित छ ।

अहिले नेपाली समाजमा विभिन्न प्रकारका विकृति र विसङगतिहरु देखा पर्दै छ । समाजमा वौदिकताको खडेरी परिरहेको छ । यतिवेला हामीले हाम्रो प्राचीन हिन्दु आध्यात्म पुनःमुल्यलाई स्थापित गर्दै हाम्रो साँस्कृति गौरवको खोजी गर्नु आवश्यक छ । यस पटकको दशैंले हामीलाई यस मार्गमा अभिप्रेरित गर्न सकोस् । विजया दशमीको पावन अवसरमा हामी सबै नेपाली बीच आत्मीयता र सद्भावको डोरी कसिलो बन्न सकोस् । देश विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको सुखमय जीवन सुस्वास्थ्य समृद्धि तथा दीर्घायुको कामनसहित विजया दशमीको मङ्गलमय शुभकामना ।



