• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वस्थ मासु कसरी छान्ने?

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ५, आईतवार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दसैंमा धेरैको घरमा मासुको खपत बढ्छ। मासु स्वास्थ्यका लागि फाइदाजनक छ। तर यसको मात्रा मिलाएर खानुपर्छ।

    मासु खाँदा ध्यान पुर्‍याउनुपर्ने कुराहरूबारे हामीले दसैंमा कति मासु खाने? लेख प्रकाशन गरिसकेका छौं।

    यो लेखमा हामी मासु किन्दा ध्यान दिनुपर्ने कुराहरूबारे चर्चा गर्नेछौं।

    दसैंमा कतिपयले घरमै खसी काट्छन्। कसैले बजारबाट काटेर राखेको मासु किन्छन्। कतिपयले भने अचेल फ्रोजन मासु पनि ल्याउँछन्।

    राम्रो र स्वस्थ मासु छान्न सकिएन भने त्यसले शक्ति दिनुको साटो रोग निम्त्याइरहेको छ।

    उसो भए स्वस्थ मासु कसरी छान्ने? कस्तो ठाउँमा मासु किन्ने? आलो वा फ्रोजन मासु कुन राम्रो?

    यसबारे हामीले भेटेरिनरी डाक्टर नवराज श्रेष्ठसँग कुरा गरेका छौं।

    श्रेष्ठका अनुसार मासु स्वस्थ हुन खसी स्वस्थ हुनुपर्छ। बिरामी जस्तो देखिने, झोक्राएर बसेको खसी किन्न हुँदैन। कुनै रोगले ग्रसित भएको खसीको मासु मानिसको स्वास्थ्यलाई राम्रो मानिँदैन।

    त्यसैले हरियो रङ लगाएको खसी मात्र किन्न श्रेष्ठ सुझाउँछन्।

    ‘पशु सेवा विभागले अनुगमन गरेको छ,’ उनले भने, ‘खसीको सिङमा हरियो रङ छ भने त्यो स्वस्थ खसी हुन्छ।’

    खसी स्वस्थ र राम्रो छ भनेर मात्रै पनि हुँदैन। बध गर्ने ठाउँ पनि राम्रो हुनुपर्छ।

    मासु किन्दा त्यो कस्तो ठाउँमा बध गरिएको हो, मासु टुक्र्याएर दिने ठाउँ कस्तो छ र त्यहाँको सरसफाइमा पनि ध्यान दिनुपर्छ।

    ‘मासु काट्ने त हो नि भनेर स्याउला (रूखका पात), पुराना प्लास्टिक ओछ्याएर काटिन्छ,’ उनले उदाहरण दिँदै भने, ‘तर मासु काट्दा नयाँ प्लास्टिकमा काट्नुपर्छ। यसले मासुमा किटाणु पर्न दिँदैन।’

    पुराना प्लास्टिकमा मासु काट्दा त्यसबाट ब्याक्टेरिया सर्न सक्छ।

    उपभोक्ताले मासु किन्दा पसलको भौतिक संरचना पनि हेर्नुपर्छ।

    मार्बलमा मासु राख्दा सफा गर्न सहज हुने भएकाले मार्बल राखिएको पसलमा किन्दा राम्रो हुन्छ।

    ‘बध गर्ने र मासु टुक्राएर दिने ठाउँ फरक हुनुपर्छ,’ उनले भने, ‘ग्राहकले मासु पसलको भौतिक अवस्था, बध गरिने ठाउँ सफा छ कि छैन, पसलमा फ्रिज छ कि छैन भनेर हेर्नुपर्छ।’

    मासु किन्ने ठाउँमा फ्रिज भएर मात्रै पनि हुँदैन। फ्रिजमा पनि कति तापक्रममा मासु राखिएको छ, त्यसले फरक पर्छ।

    दसैंमा ठूलो परिमाणमा खसी ल्याइन्छ। धेरै मासु हुँदा सुकुटी बनाएर राख्ने र पकाएर राख्ने पनि गरिन्छ। यस्तोमा पकाएर राख्नुभन्दा काँचो मासु फ्रिजमा हालेर राख्दा राम्रो हुने श्रेष्ठ बताउँछन्।

    ‘फ्रिजमा राखेर आफूलाई आवश्यक परेका बेला पकाएर खाँदा राम्रो हुन्छ,’ उनले भने, ‘तत्काल उपभोग गर्ने हो भने कम तापक्रममा र लामो समय राख्ने हो भने डीप फ्रिजमा राख्नुपर्छ।’

    लामो समय कम तापक्रममा मासु राख्दा त्यसको गुणस्तर बिग्रिने उनले बताए।

    फ्रिजमा काँचो मासु राख्दा प्लास्टिकमा हावा नछिर्ने गरी राख्नुपर्छ। हावा छिर्नु भनेको अक्सिजन पाउनु हो। अक्सिजनले मासुमा कुनै ब्याक्टेरिया रहेछ भने त्यसको संख्या बढ्ने पनि उनले बताए।

    ‘मासु त्यत्तिकै राख्दा किटाणुको संख्या बढ्छ, गुणस्तरमा असर गर्छ,’ उनले भने।

    बजारबाट किनेर तयारी मासु ल्याउँदा भने फ्रोजन मासु ल्याउन उनी सुझाउँछन्।

    ‘आफैं काट्ने हो भने फरक कुरा हो,’ उनले भने, ‘बजारबाटै किन्ने हो फ्रोजन मासु ल्याउँदा राम्रो हुन्छ। फ्रोजन मासु विश्वभर नै स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ।’

    श्रेष्ठका अनुसार फ्रोजन मासुमा किटाणुहरू मर्छन्। मासुमा सबभन्दा बढी किटाणु आन्द्रा-भुँडीमा हुन्छ। मासु काट्दा आन्द्रा-भुँडी छुट्टै राखे पनि अन्तमा मासुमा मिसाइन्छ नै। त्यसैले पनि फ्रोजन मासु राम्रो हुने उनले बताए।

    ‘हामीले मासु पकाउँदा पनि किटाणु त मर्छ। तर तत्काल उपभोग गर्न सकिँदैन भने फ्रोजन राम्रो हो,’ उनले भने।

    फ्रोजन मासुको स्वादमा केही फरक पर्दैन। तर फ्रिजमा राख्दा भने विशेष ध्यान दिनुपर्छ।

    तापक्रम मिलाएर हावा नछिर्ने गरी प्लास्टिकमा प्याक गरेर फ्रिजमा राख्यो भने त्यसले मासुको स्वाद बिगार्दैन । साभार सेतोपाटी

    Post Views: 271
    प्रकाशित मिति: २०८० कार्तिक ५, आईतवार १८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.