• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ५, आईतवार १६:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक ५। खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ ।

    एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ हुँदा किसानको समयमै भुक्तानी नपाएको बताए । दूधको खपत कम हुँदा ‘मिल्क होलिडे’ रोक्न डेरी उद्योगले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरीमा ‘स्टक’ भएको उनको भनाइ छ ।

    आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट नेपाल दुध तथा दुग्ध पदार्थ आयातका कारणले पनि नेपाली किसान मर्कामा पर्दै आएको उनले बताए ।

    “दसैँको मुखमा भुक्तानी नपाउँदा गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको छ”, अध्यक्ष दाहालले भने ।

    उनले दसैँमा दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरे । “किसान र उद्योग बचाउनु सबैको कर्तव्य हो । त्यसैले चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदायलाई आग्रह गर्दछौँ”, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ नै प्रयोग गरिदिन र सहकारीका सदस्यलाई यातायात खर्च बापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवाआदि वितरण गरी आम किसान र उद्योगलाई सहयोग पु¥याउन पनि एसोसिएसनले आग्रह गरेको छ । साभार रातोपाटी

    Post Views: 262
    प्रकाशित मिति: २०८० कार्तिक ५, आईतवार १६:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.