• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गैरआवासीय नेपाली संघमा आरके शर्माको नेतृत्वमा अर्को कार्यसमिति घोषणा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ५, आईतवार १४:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,कात्तिक ५/गैरआवासीय नेपाली संघ (एनआरएनए)मा राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ।
    अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटि देखिएको भन्दै शर्माको नेतृत्वमा अर्को कार्यसमिति बनाइएको बताइएको छ।
    गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो। उनले शनिबार पदभारसमेत ग्रहण गरिसकेका छन्।


    असन्तुष्ट पक्षले उनलाई अध्यक्ष स्वीकार गरेको थिएन। नयाँ नेतृत्वका लागि महेशकुमार श्रेष्ठ, रवीना थापा र बद्री केसी चुनावी प्रतिस्पर्धामा थिए । रवीनाले महेशलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी थिइन्।
    असन्तुष्ट पक्षले घोषणा गरेको  कार्यसमितिको उपाध्यक्षमा केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिवमा बुद्धिसागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।
    केशव पौडेललाई बद्री केसीको समूहले पनि उपाध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो। तर, उनले निर्वाचनमा धाँधली भएको भन्दै परिणाम स्वीकारेका थिएनन्।
    उपमहासचिवमा सोम सापकोटा, प्रविण गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्रप्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएको बताइएको छ। कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन गरिएको छ।
    यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणि सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम राखिएको छ।
    त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उपसंयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ।
    कार्यसमितिको सम्पूर्ण नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिए । साभार सेतोपाटी

    Post Views: 308
    प्रकाशित मिति: २०८० कार्तिक ५, आईतवार १४:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.