• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

२३ लाखभन्दा बढी रकम हिनामिना गरेको खुलासा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १, बुधबार २२:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत, कार्तिक १ गते / छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ ।

    पटक-पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानमिन समितिले २३ लाख ५८ हजार ४४५ रुयैयाँ रकम हिनामिना भएको निष्कर्श निकालेको हो ।

    कार्यकापालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा र खानामा झण्डै ४२ लाख खर्च गरेको समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि छानमिन समिति गठन गरिएको थियो । एक वर्ष अवधिमा (२०७९ जेठ देखि हाल २०८० जेठ) जम्मा १६ वटा कार्यपालिकाको बैठक र २ वटा नगरसभा बसेको थियो ।

    उक्त बैठकमा जनप्रतिनिधिले उक्त रकमको खाजा, नास्ता खाए भनि नगरपालिकाको लेखाशाखाबाट फिर्जी बिल प्रयोग गरि ३० लाख ४८ हजार ४६५ रुपैयाँ होटललाई भुक्तानी दिइसकेको निष्कर्ष निकालेको छ ।  खाजा नास्ताको बिल भन्दा बढी अर्थात २३ लाख ५८  हजार ४४५ रकम झुटा बिल प्रयोग गरेर लेखा शाखाबाट रकम भुक्तानी भएको पाइएको हो ।

    छानमिनको क्रम्मा कार्यपालिकाका १५ बैठक , २ वटा नगरसभा , भू-उपयोगको बैठक २ वटा, जनप्रतिनिधिको बिदाई र स्वागत कार्यक्रम १ वटा, कर्मचारीको परीक्षा सञ्चालन समितिको १ वटा कार्यक्रमको रकम खर्च भुक्तानी भएको छ । प्रतिवेदनमा कर्मचारीले नै खाना र खाजाको रकम अनियमितता गरेको उल्लेख गरिएको छ ।

    त्यस्तै ११ लाख ४२ हजार १४५  हजार रुपैयाँको अर्को बिल बाँकी  रहेको भन्दै  प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले तोक आदेश गरेर लेखामा पठाएका थिए । उक्त रकम मध्यबाट बास्तविक रकम भुक्तानी गर्नुपर्ने ६८ हजार ५६० रुपैयाँ मात्र भएको  कार्यपालिकाले औल्याएको छानविन समितिका संयोजक प्रेम खत्रीले जानकारी दिनुभयाे ।

    भुक्तानी भएको पहिलो बिल ३० लाख ४८ हजार ४६५ मध्यबाट खाजा, नास्ताको जम्मा ६ लाख ९ हजार २० रुपैया मात्र बास्तविक बिल भएको कार्यपालिकाले निस्कर्ष निकालेको छ। लेखाशाखा र प्रमुख प्रशासकीय अधिकृतसँगै होटल व्यवसायीको मिलेमत्तोमा भारी रकम बदमासी गरेको कार्यपालिकाले नै औल्याएपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले सो रकम फिर्ता गर्छु भनेपनि हाल सम्म रकम फिर्ता नगरेको संयोजक खत्रीले बताउनुभयाे । कार्यपालिकाको बैठकमा आएर फर्जी बिल बनाएको कुरा स्वीकार गर्दै उक्त रकम फिर्ता गर्छु भनि असोज २४ गते सम्म समय दिइएपनि रकम नगरपालिकाको खातामा जम्म नभएको उहाँले बताउनुभयाे ।

    रोकाय सम्पर्कमा समेत नआएको उहाँले बताउनुभयाे । यत्ता कार्यपालिकाको मिति २०८० असोज २५ गते बसेको कार्यपालिकाको बैठकले भदौ ३० गते पेश छेडागाड नगरपालिकाको खाजा नास्ता प्रतिबेदन २०८० पटक, पटक छलफल गरिएको, असोज २५ गते लिखित स्पस्टीकरण मागिएको सो स्पष्टिकरण नआएकोले प्रतिवेदनको राय, सुझाव अनुरुप आलेप र मलेपको परामर्शबाट एकीन गरी सम्वन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरेको छ । त्यस्तै झुटा, फर्जी बिल पेश गर्ने होटल, पसल व्यवसायीलाई कार्यपालिकाको कार्यालयले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उक्त स्ष्पटीकरण चित्त बुझ्दो नआए अन्य कारबाहीको लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको खत्रीले बताउनुभयाे ।साभारहिमालय टाइम्स

    Post Views: 351
    प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार २२:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.