काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् । सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ ।
लामो समय पछि आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आज बस्ने बैठमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविन आयोग गठनको विषयलाई लिएर संसद अवरोध गर्ने तयारी गरेको छ । जसको बारेमा छलफल गर्न आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्तासमेत गरेका थिए ।




