काठमाडौ। सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आजदेखी सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्थाको सुरूवात गरेको हो । सवारी चालक अनुमतिपत्रको राजस्व यातायात कार्यलयमै गएर लाइन बसेर बुझाउनु पर्ने झन्झट रहेकोमा अब यो झन्झट हट्न सुरु भएको मन्त्रालयले जनाएको छ ।

तत्काललाई यो सेवा गण्डकी प्रदेशमा उपलब्ध भएको र २० दिन परीक्षण गरी देशभरका यातायात कार्यालयहरुबाट लागु हुने मन्त्रालयले जनाएको छ । यसलाई मोबाइल नम्बरबाट मात्र ‘लग–इन’ गर्न सकिन्छ । यो नम्बर ५ वर्षसम्म कायम हुनेछ ।




