फोटो ग्यालरी
बर्दियाको बढैयाताल गाँउपालिका बाड नं ४ मा रहेको सुन्दर बढैयाताल मनोरम दृश्य, यस तालमा हजारौ किलोमिटर टाढाबाट साइवेरिन चरा देखि सारस लताउतका चराहरु आउने गरेका छन । तालको भुभाग अतिक्रमण बढे संगै तालमा चराहरुको आगमन पछिल्लो क्रममा एकदमै कमि आएको छ । तस्वीर/दीपकलाल श्रेष्ठ
२०८२ माघ २९, बिहीबार १०:२४
-तस्वीर/दीपकलाल श्रेष्ठ
२०८२ माघ २९, बिहीबार १०:२४
जनता समाजवादी पार्टी नेपाल बर्दियाले पछिल्लो क्रममा नेपाल सरकारले लागू गर्न लागेको भुमि विधेयक विरुद्ध बिरोध कार्यक्रम अन्तर्गत र्याली निकालेको छ । भदौ १४ गते शनिवार बर्दियाको सदरमुकाम स्थित गुलरिया बजारमा नाराबाजी गर्दै बिरोध प्रर्दशन गर्दै र्याली निकालिएको छ। बिगत केही समय देखि जसपा नेपालले भुमि बिधेयक विरुद्ध आन्दोलन गर्दै आएको छ ।
२०८२ भाद्र १५, आईतवार १२:०१
-माउण्टेन संवाददाता
२०८२ भाद्र १५, आईतवार १२:०१
विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी संस्थाका पूर्व प्रमुख प्रशासिका राजयोगिनी दादी प्रकाशमणिजीको १८औँ पुण्यतिथिमा आयोजित विशाल रक्तदान महाअभियान शिविरको बर्दियामा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। बर्दिया लगायत देशै भरि गरिएको रक्तदान कार्यक्रममा ११ हजार ९ सय १६ पिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएका छन्।
२०८२ भाद्र १२, बिहीबार ०८:१८
-माउण्टेन संवाददाता
२०८२ भाद्र १२, बिहीबार ०८:१८
१६ औँ अन्तराष्ट्रिय युवा दिवस अवसरमा आयोजित बाँसगढीका युवा उद्यमशीलता र स्थानिय विकासमा युवाको सहभागिता विषयक अन्तरक्रिया गरेर १६ औँ अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ ।
२०८२ श्रावण २८, बुधबार १२:०३
-तस्बिर/माउन्टेन समाचार
२०८२ श्रावण २८, बुधबार १२:०३
बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले घरभेट कार्याक्रम अन्तरगत नर्सहरुले नवशिशुको स्वास्थ्य परिक्षण गर्दै ।
२०८२ श्रावण २८, बुधबार १२:००
-तस्बिर/माउन्टेन समाचार
२०८२ श्रावण २८, बुधबार १२:००
साउन २७ गते विश्व हात्ति दिवश २०२५को अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्तिहरुलाई विभिन्न प्रकारका आहाराहरु खुवाएर विश्व हात्ति दिवस मनाईयो ।
२०८२ श्रावण २८, बुधबार ११:३५
-तस्बिर/मनोजमणी पौडेल
२०८२ श्रावण २८, बुधबार ११:३५
गुलरिया–नेपालगञ्ज सडक खण्ड बढैयाताल गाउँपालिका वडा नम्बर ८ कालिका चोकमा नवनिर्मित फोरलेन सडकको पेटी भास्यिएको छ ।
२०८२ श्रावण २५, आईतवार १३:२१
-माउण्टेन संवाददाता
२०८२ श्रावण २५, आईतवार १३:२१
गुलरिया नगरपालिका वडा नम्बर ७ मा लाग्ने गुलरिया हाट बजारमा साउन २० गते (मंलगबार) जङ्गल बाट टिपेर ल्याएको न्यूरो र जिव्रेको साग विक्रिका लागि राखि ग्राहकको पर्खाइमा स्थानिय महिलाहरुको ।
२०८२ श्रावण २१, बुधबार १०:१८
-तस्बिर / अजय चापागाई
२०८२ श्रावण २१, बुधबार १०:१८










