• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चाड पर्वलाई विकृत हुनबाट जोगाऔ

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र ८, आईतवार १२:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली समाज अहिले पर्वमय बनेको छ । एकातिर हिन्दू नारीहरु हरितालिका तीजको रमझममा दर खान र नाचगानमा झुमिरहेका छन् भने अर्कातिर थारु संस्कृतिमा उल्लेखनीय स्थान ओगटेको बर्काअटुवारी पर्वको उत्साहले समाजमा उल्लास थपिएको छ । चाड्पर्वहरु निश्चितरूपमा सामाजिक सम्पत्ति हुन् । पौराणिक, ऐतिहासिक तथा सामाजिक जीवनका उल्लेखनीय पक्षहरुलाई समेटेर उत्साहका साथ मनाइने यी पर्वहरुले मानव जीवनलाई उर्जा, उत्साह र प्रेरणा प्रदान गर्दछ्न । सामाजिक सद्भाव अभिवृद्धि गर्ने योगदान पुर्याउछ्न र जीवनलाई गतिशील बनाउछ्न । अटुवारी पर्वले थारु संस्कृति, जीवन शैली, ऐतिहासिक सन्दर्भको उद्घाटन गर्दै समाजमा भाइचारा र सद्भाव स्थापना गर्न सहयोग पुर्याउछ भने हरितालिका तीज पर्वले संस्कृति, गीत सङ्गीतको प्रवद्र्धनका साथै नारी जीवनका विरह वेदना र्विद्रोहलाई उद्घाटन गर्छ । पौराणिक विम्वलाई जीवनमा अनुवाद गर्ने यस पर्वले नारी स्वतन्त्रताको पक्षमा समाजलाई प्रेरित गर्छ र समानताको भाव जागृत गर्न सहयोग पुर्याउछ । यस्ता पर्वहरु हाम्रा मौलिक गौरव हुन् । यिनको मौलिकतालाई बचाउदै र यिनैले स्थापित गर्न खोजेको मूल्यलाई आत्मसात गर्न सकेमा समुन्नत समाज निर्माणमा योगदान पुग्न सक्छ । तर हामीले त्यसो गर्न सकेका छैनौं । चाड पर्वको नाममा अहिले समाजमा धेरै विकृतिहरु बढ्न थालेका छन् । फजुल खर्च, आडम्वर, गहना र आभूषणको प्रदर्शन, अनियंत्रित खानपिन, छाडा र अशोभनीय गीत सङ्गीतको प्रयोग आदिले पवित्र पर्वहरु विकृति उन्मुख बन्न थालेका छन् । सचेत नागरिकहरुले समाजलाई विकृत हुनबाट बचाउन खबरदारी गर्नु पर्छ । हाम्रा संस्कृतिहरुको मौलिकता बचाउन चाडपर्वहरुलाई विकृत हुन दिनुहुदैन ।

    Post Views: 190
    प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १२:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    भन्सार छली गरी ल्याएको ४५ क्विन्टल तोरी सहित ९ जना पक्राउ
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.