• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सीमावर्ती क्षेत्रका नेपाली बजार बचाऔ

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २३, शुक्रबार १९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल भारतबीचको खुला सीमाका कारण सीमावर्ती क्षेत्रकाव आम नेपाली उपभोक्ताहरु भारतीय बजारतर्फ आकर्षित हुने क्रम बढ्दो छ । भारतीय उपभोक्ताहरुको नेपाली बजारतर्फको आकर्षक भने शून्य बराबर रहेको छ । केही दशक पहिले भारतीय उपभोक्ताहरु नेपाली बजारमा किनमेलका लागि आउने गरेको पुराना ब्यापारीहरु बताउने गर्छन् । तर अहिले नेपालका सीमावर्ती क्षेत्रका बजारहरु सुनसान छन् भने भारतीय भूमिमा रहेका साना बजार पनि आकर्षक बन्न पुगेका छन् । यो दृष्य बर्दियाको सीमावर्ती क्षेत्रमा पनि देख्न सकिन्छ । जिल्लाको सदरमुकाम रहेको गुलरिया शहरका व्यापारी निराश छन् । गुलरियाको व्यापारिक अवस्था दिनप्रतिदिन खस्केको छ । दैनिक उपभोग्य सामग्रीका लागि पनि उपभोक्ताहरु चितलहवा, सलारपुर र लौकाही बजार जाने गर्छन् । मैनापोखर क्षेत्रबाट बलेगाउ र मधुबन क्षेत्रबाट बठनिया बजार जाने उपभोक्ता समेत उल्लेख्य छन् । राजापुर क्षेत्रका उपभोक्ताहरु तिकुनियाको भारतीय बजारतर्फ आकर्षित रहेका छन् । चिनी, चामल, मसला, दाल, साबुन, स्याम्पु, लत्ताकपडा, भाडाकुडा लगायतका उपभोग्य सामानहरुका लागि भारतीय बजारहरु नै नेपाली उपभोक्ताहरुका रोजाइ बनेका छन् । अहिले त नेपाली व्यापारीहरु समेत भारतीय सीमावर्ती बजारतर्फ आकर्षित हुनथालेका छन् ।

     

    नेपाली बजारतर्फ उपभोक्ताहरु विमुख हुनाको कारण के हो ? खोजीको विषय बन्नुपर्छ । भारतीय बजारमा पाइने बस्तुहरुको मूल्य नेपाली बजारको तुलनामा सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारतर्फ आकर्षित हुने आम बुझाइ रहेको छ । भारतीय बजारका उपभोग्य सामग्रीको गुणस्तरको अवस्था के हो ? उपभोक्ता बेखबर छन् । विगतमा रहेका सीमा क्षेत्रका भन्सार तथा जाच चौकीहरु पुनस्र्थापित नहुदा सीमा क्षेत्रमा व्यापारिक अराजकता बढेको छ । अबैध निकासी पठारीको अवस्था अनियन्त्रित बनेको छ । यसबाट एकातिर व्यक्तिगत रूपमा नेपाली व्यापारीहरु मर्कामा परेका छन् भने खुला सीमा बाट अनियंत्रित रूपमा सामान आयात हुने तर राष्ट्रको अभिलेखमा नरहने हुनाले राजस्व नउठेपछि राष्ट्र घाटामा रहेको छ । नेपालको सीमावर्ती क्षेत्रको वजार तथा अर्थ व्यवस्थमा देखिएको यो गम्भीर सवाल हो । नेपालका सीमा क्षेत्रका जनप्रतिनिधि, प्रशासक तथा नीतिनिर्माताहरु यस विषयमा गम्भीर हुन आवश्यक छ ।

    Post Views: 163
    प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार १९:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    भन्सार छली गरी ल्याएको ४५ क्विन्टल तोरी सहित ९ जना पक्राउ
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.