• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देश भरीबाट एसईई परीक्षामा उत्तीर्ण हुने विद्यार्थी ६१ दशमदव ८१ प्रतिशत

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १४, शनिबार १०:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुकी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा  नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।

    परीक्षामा दुई लाख ७१ हजार २९९ परीक्षार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छ्न् । जसमध्ये ३.६ देखि ४ जीपीए अर्थात विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ जना रहेका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना,  २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने ८९ हजार १२४ जना, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र २ जीपीएभन्दा कम ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।

    नन् ग्रेडेड अर्थात परीक्षामा अनुत्तीर्ण हुने एक लाख ६७ हजार ५९७ परीक्षार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । परीक्षामा सहभागीमध्ये १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।

    गणित विषयमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण
    नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा शर्माले यस वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएको बताए ।

    समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद् भएको छ । विद्यार्थीलाई अंग्रेजी विषय पनि उस्तै गाह्रो भएको उनले बताए ।

    अंग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको उनले बताए ।

    बोर्डका अनुसार, ऐच्छिक विषयमा पनि धेरै विद्यार्थी ननग्रेडेडमा परेका छन् । ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० विद्यार्थी ननग्रेडिङमा परेका छन् । त्यस्तै ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी असफल भएका छन् ।

    पूरक परीक्षाको मिति तय
     एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने शर्माले बताए । विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुन परीक्षण गर्न सकिने उनले जानकारी दिए । यसका लागि असार २३ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सकिने भएको छ ।

    Post Views: 152
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १०:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.