फुटबलको बी डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन खेल्ने खेलाडीलाई मधुवन नगरपालिकाले सम्मान गरेको छ । बी डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्ध्ऋ एबिललष्लन द्ययथक ग्लष्तभम काठमाडौंले उपाधी जित्दै प्रथम स्थान प्राप्त गरेको थियो । ब्याइज युनाइटेडको तर्फबाट खेल्ने २ खेलाडी शंकर थारु र अविनाश थापा र बी डिभिजन लिग कै श्री कुमारी क्लब काठमाडौंमा सुदिप रानामगरलाई मधुवन नगरपालिकाले सम्मान गरेको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बताए । मधुवन नगरपालिकाले गर्ने बडा स्तरिय फुलबल प्रतियोगिता मै उत्कृष्ट हुदै पालिका स्तरिय, जिल्ला स्तरिय साथै प्रदेश स्तरिय फुटबल प्रतियोगितामा उत्कृष्ट हुदै एन्फा द्वारा आयोजित बी डिभिजनको फुटबल प्रतियोगिताको प्ध्ऋ एबिललष्लन द्ययथक ग्लष्तभम कोठमाडौंको क्लबमा मधुवनका २ खेलाडी आवद्घ भएका थिए भने बी डिभिजन लिग कै श्री कुमारी क्लब काठमाडौमा मधुवन कै अर्का एक जना खेलाडी आवद्घ भएका थिए ।


मधुवन नगरपालिकाले खेलकुदमा लगानी गरिरहेको र राम्रो नतिजा समेत प्राप्त गरिरहेको नगरप्रमुख भाटले भने । मधुवनले खेलकुदमा लगानीको प्रतिफत यी खेलाडीहरुले राम्रो नतिजा आएको आइरहेको समेत भाटले बताए ।
खेलकुदमा मधुवन नगरपालिकाले सहयोग गरिरहेको र प्रतिफल पनि आइरहेको मधुवन नगर खेलकुद का संयोजक तिलक मल्लले बताए । फुटबलमा निरन्तर लगानीले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भइरहेको समेत मल्लले भने ।




